काठमाडौं, (नेस) ।
निम्सले प्रथम प्याराडाइस अन्तरकलेज बास्केटबल प्रतियोगितामा शनिबार विजयी सुरुआत गरेको छ । दोहोरो जित निकालेको निम्सले गल्र्स÷ब्वाइज दुवैमा सफलता पायो ।
टोखाको साइबाबा चोकस्थित आयोजक प्याराडाइस स्पोर्ट्स एकेडेमीको हलमा भएको गल्र्सको खेलमा निम्सले गोल्डेनगेटलाई २६–१४ ले पराजित ग¥यो । निम्सको जितमा सरिना सुनुवारले १४ अंक योगदान गरिन् । ब्वाइजमा पीताम्बर मगरको १३ अंक सहयोगमा निम्सले नवोदितलाई ४३–३२ ले हरायो ।
ब्वाइजको अन्य खेलमा ग्रिनफिल्ड, सीसीआरसी र लालीगुराँस नेसनल एकेडेमीले सफलता हात पारे । ग्रिनफिल्डले न्युटनलाई ४९–४० ले पाखा लगायो । ग्रिनफिल्डका जेनिश अधिकारीले १५ स्कोर गरे ।
सीसीआरसीले हेराल्ड इन्टरनेसनल कलेजलाई ४२–३७ ले पन्छायो । सीसीआरसीका कर्मा बोम्जनले ८ अंक जोडे । सगरमाथा विरुद्ध खेलमा लालीगुराँस ५६–३४ ले विजयी भयो । लालीगुराँसका प्रवीण गुरुङले १३ अंक बटुले ।











प्रतिक्रिया