सीसीआरसी र मनास्लु फाइनलम


काठमाडौं, (नेस) ।

सीसीआरसी र मनास्लु एसआरसी प्लस टु अन्तरकलेज छात्र बासकेटबल प्रतियोगितामा शनिबार फाइनलमा प्रवेश गरेका छन् ।

कीर्तिपुरस्थित कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा सीसीआरसीले केभीसीलाई ९७–७२ ले पराजित ग¥यो । सीसीआरसीका विसन खड्काले ३१ अंक जोडे ।

अर्को सेमिफाइनलमा मनास्लुले पुष्पसदनलाई ७५–६८ ले हरायो । मनास्लुका दिवस मगरले १६ स्कोर गरे । तेश्रो क्वाटरको समाप्तिसम्म मनास्ल समग्रमा ६ अंकले पछि परेको थियो ।
दुवै टिम अपराजित फाइनल पुगेका हुन् । ५ टिम रहेको समूह ‘ए’ बाट सीसीआरसी तथा ४ रहेको समूह ‘बी’ बाट

मनास्लु विजेताका रुपमा सेमिफाइनलमा पुगेका थिए ।एइसीसी ग्लोबल कन्सल्टेन्ट्सको मुख्य प्रायोजनमा पुल्चोकियन्स फिट्नेस हबले आयोजना गरेको प्रतियोगतामा शीर्ष तीन स्थान हात पार्ने क्रमशः ५० हजार, २५ हजार र १५ हजार नगद पुरस्कार पाउने छन् । फाइनल मंगलबार हुनेछ ।