काठमाडौं, (नेस) ।
राजन गुरुङ प्रथम काठमाडौँ खेलमण्डल (एनआरटी) नेपाल टप १६ ग्रान्ड मास्टर्स स्नुकर च्याम्पियन्सिपको क्वाटरफाइनल पुगेका छन् ।
जारी च्याम्पियनसिपको चौथो दिन शनिबार राजनले आयुष गौतमलाई बेस्ट अफ सेभेनअन्तर्गतको खेलमा ४–० ले सजिलै पराजित गरे । यसअघि उनले विकास महर्जनलाई ४–२ ले हराएका थिए । राजनसँग पराजित भएपछि विकासले शनिबार अमन कार्कीलाई ४–० ले हराउँदै अन्तिम आठमा पुग्ने आफ्नो सम्भावनालाई जीवितै राखेका छन् ।
यसैगरी पहिलो खेलमा हार वेहोरेका राजन लामाले पनि दोस्रो खेलमा जय महर्जनलाई रोमाञ्चक ढङगले ४–३ ले हराएर अन्तिम ८ कोे सम्भावना बनाए । जय र अमनको यो लगातार दोस्रो हार हो ।
यो प्रतियोगितामा नेपालका शीर्ष १५ खेलाडीका साथै आयोजकका एक गरि १६ खेलाडीको पनि सहभागिता छ । प्रतियोगितामा १६ जनालाई ४ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहबाट शीर्ष दुई खेलाडी अन्तिम आठमा प्रवेश गर्नेछन् । काठमाडौँ खेल मण्डल (एनआरटी) को आयोजनामा त्रिपुरेश्वरस्थित क्लबकै भवनमा प्रतियोगिता सञ्चालन भइरहेको छ ।











प्रतिक्रिया