काठमाडौं ।
भारतीय सेनाका पूर्व प्रमुख जनरल विश्वनाथ शर्माको निधन भएको छ। उनको निधनप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री मोदीले जनरल शर्मालाई राष्ट्रप्रति अटल समर्पण, साहस र सम्मानका साथ सेवा गर्ने विशिष्ट सैनिक नेतृत्वका रूपमा स्मरण गरेका छन्। उनले जनरल शर्माले आफ्नो परिवारको गौरवशाली सैन्य परम्परालाई पनि उत्कृष्ट ढंगले अघि बढाएको उल्लेख गरेका छन्।
मोदीले विशेषगरी जनरल शर्माका दाजु, भारतका पहिलो परमवीर चक्र विजेता मेजर सोमनाथ शर्माको विरासतलाई उनले गौरवका साथ निरन्तरता दिएको बताएका छन्।
प्रधानमन्त्री मोदीले जनरल शर्माको भारतीय सेनाप्रतिको योगदान र सेवामय जीवनले भावी पुस्तालाई निरन्तर प्रेरणा दिने विश्वास व्यक्त गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति समवेदना प्रकट गरेका छन्।
उनले सन्देशको अन्त्यमा “ॐ शान्ति” भन्दै दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।











प्रतिक्रिया