धार्मिक अगुवासँग रवि लामिछानेको सद्भाव छलफल


काठमाडौं ।

रास्वपा सभापति रवि लामिछानेले सामाजिक तथा धार्मिक सद्भाव कायम राख्ने विषयमा विभिन्न धार्मिक अगुवासँग छलफल गरेका छन्।

शुक्रबार पार्टी संसदीय दलको कार्यालयमा भएको छलफलमा मुस्लिम र हिन्दू समुदायका प्रतिनिधिहरूसँग भेट गर्दै उनले देशका विभिन्न स्थानमा भइरहेको प्रदर्शन शान्तिपूर्ण बनाउन र सद्भाव कायम राख्न सबैलाई सकारात्मक भूमिका खेल्न आग्रह गरेका छन्।