दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ


काठमाडौँ।

स्मार्ट टेलिकम प्रकरणमा अनुसन्धान गर्न नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीलाई पक्राउ गरिएको छ ।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले गएराति ललितपुरको धापाखेलबाट नियन्त्रणमा लिएको ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपशम्शेर जवराले जानकारी दिए ।

हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमतिका लागि ब्युरोले अभियुक्त भण्डारीलाई केहीबेरमा अदालतमा उपस्थित गराउन लागेको प्रवक्ता जबराले बताए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।