काठमाडौं ।
पाकिस्तानमा भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्याम्पियनसिप २०२६ मा नेपाल पुछारमा रहेर प्रतियोगिताको अन्त्य गरेको छ । पाँचौं स्थानको प्लेअफ खेलमा नेपाललाई काजाकस्तानले हराएको हो । योसँगैं नेपालले ६ राष्ट्र सम्मिलित यस प्रतियोगितामा सबै खेलमा हार बेहोरेको छ । यसअघि नेपालले श्रीलंका, बंगलादेश, काजाकस्तान, उज्बेकिस्तान र पाकिस्तानसँग हारेको थियो ।
नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीलाई प्रतियोगितामा खेल्न अघि नेपाल भलिबल संघले नगद पुरस्कार दिने घोषणा गरेको थियो । संघले नेपाली टोली फाइनलमा पुगेमा ३ लाख नगद पुरस्कार दिने घोषणा गरेको थियो । तर, प्रोत्साहित स्वरुप नगद पुरस्कार दिने भने पनि नेपाली टोलीले भने एक खेलमा पनि जित हासिल गर्न सकेन ।
यद्दपि लिग चरणमा नेपालले तीन टोलीसँग भने प्रतिस्पर्धात्मक खेल देखाए पनि हार्नु परेको थियो । कजाकस्तान, श्रीलंका र बंगलादेशविरुद्धका खेलहरूमा नेपाल अन्तिम र निर्णायक सेटलाई विजयी सेट बनाउन सकेन । यी तीनै खेलमा नेपाल ३–२ सेटमा पराजित हुनु परेको थियो । अन्य दुई खेलमा उज्बेकिस्तान र पाकिस्तानसँग भने नेपाल ३–० को सोझो सेटमा हारेको थियो ।
पाकिस्तान च्याम्पियन
प्रतियोििगताको उपाधि आयोजक राष्ट्र पाकिस्तानले नै जितेको छ । फाइनल खेलमा बंगलादेशलाई २५–२०, २५–१६ र २५–२० को सोझो सेटमा हराएर पाकिस्तान च्याम्पियन बनेको हो । यस्तै, तेस्रो स्थानको प्लेअफमा श्रीलंकाले उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गरेको थियो ।











प्रतिक्रिया