मधेशको तनावबारे प्रधानमन्त्री बालेनको सर्वदलीय छलफल


काठमाडौं ।

प्रधानमन्त्री बालेन शाहले मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा सुनसरीसहित मधेशका केही जिल्लामा देखिएको तनावपूर्ण अवस्थाको समाधानबारे विचार–विमर्श गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

छलफलमा डा. सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के. शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी र जयकान्त राउतलगायत नेताहरू सहभागी थिए।