नेकपाको केन्द्रीय संयोजन समिति बैठक आज


काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शुक्रबार दिउँसो २ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा केन्द्रीय संयोजन समितिको बैठक बोलाएको छ। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, तराई–मधेसको अवस्था, प्रदेश सरकार गठन, सरकारका गतिविधि तथा पार्टीको आन्तरिक तयारीबारे छलफल हुने प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिएका छन्।

बैठकमा प्रदेश सरकार गठन तथा सञ्चालनका लागि संयन्त्र गठनको विषयमा पनि निर्णय हुन सक्ने जनाइएको छ। साथै, एमाले–नेकपाबीच भएको तीनबुँदे सहमतिलाई लिएर पार्टीभित्र कुनै विवाद नरहेको प्रवक्ता ज्वालाले स्पष्ट पारे।