लन्डन, (एजेन्सी) ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले पुरुष फिफा विश्वकप तथा अन्य प्रमुख प्रतियोगितामा निजी लगानी भित्रयाउने योजनामा सहयोग गर्ने फिफाका सदस्य राष्ट्रलाई ४० मिलियन डलर दिने प्रस्ताव राखेका छन् । यसअघि उनले यस योजनामा सहमति जनाएमा २० मिलियन डलर दिने प्रस्ताव राखेका थिए ।
इन्फान्टिनोले प्रमुख प्रतियोगिताहरूमा निजी लगानीकर्ताहरूलाई भित्रयाउने योजना सार्वजनिक गरेपछि यो विषय अहिले विवादास्पद बनेको छ । फुटबलका विभिन्न संस्थाहरूले फिफा अध्यक्षको यस योजनाप्रति असहमति जनाउँदैं बयान पनि दिइसके ।
युरोपेली फुटबलको सर्वोच्च निकाय युइएफएले फिफाको योजनाप्रति तीव्र प्रतिक्रिया जनाएको छ । युइएफएले प्रस्तावलाई सीमा नाघ्ने कार्यको रूपमा वर्णन गर्दै फिफा कसैको व्यक्तिगत सम्पत्ति नभएको पनि बतायो ।
एक रिपोर्टअनुसार, फिफाले एउटा ढाँचाको खोजी गरिरहेको छ जस अन्तर्गत यसले विश्वकपको बहुमत नियन्त्रण कायम राख्नेछ । यसको २११ सदस्य संघहरू र निजी लगानीकर्ताहरूलाई शेयर बेच्नेछ । यो कदमलाई फुटबल विकास कोषलाई १० अर्ब अमेरिकी डलरभन्दा बढी बढाउने फराकिलो योजनाको अंशको रूपमा हेरिएको छ ।
तर, हिस्सेदारी बेच्ने फिफाको योजनाप्रति असन्तुष्ट जनाउँदैं यूर्ईएफएका ५५ राष्ट्र सदस्यहरूले एक आपतकालीन बैठक पनि आयोजना ग¥यो । फिफाको यस प्रस्तावमा आपति जनाउँदैं यूईएफए फिफाको आगामी प्रतियोगिताहरू बहिष्कार गर्ने मनसायमा रहेको छ ।फिफाले आधिकारिक रूपमा ’फिफा फर्वार्ड इन्टरप्राइज’ नामक नयाँ संस्थाको योजना सार्वजनिक गरेको छ, जसले निजी लगानीकर्ताहरूबाट ४.२ अर्ब अमेरिकी डलरसम्मको खोजी गर्नेछ । रिपोर्टहरूले दावी गरेको छ कि फिफाले नयाँ व्यावसायिक संरचनामार्फत बाह्य लगानीको ढोका खोल्दै विश्वकप नियन्त्रण गर्न जारी राख्नेछ ।
विशेष सुत्रअनुसार यो प्रस्तावले २०३१ मा उनको अध्यक्षता समाप्त भएपछि इन्फान्टिनोलाई विश्वकपको “आयुक्त“ बन्ने बाटो पनि प्रशस्त गर्न सक्छ । यो त्यो आकर्षक पद हो जसले वर्षमा ६४ मिलियन डलर कमाउन सक्नेछन् ।
प्रस्तावित लगानी जोशुआ कुशनरले उनको थ्राइभ इटरनल कोषमार्फत नेतृत्व गर्ने अपेक्षा गरिएको छ । जोशुआ कुशनर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाँई जारेड कुशनरका भाइ हुन् । यो कोषले हालै मेजर लिग बेसबलको सान फ्रान्सिस्को जायन्ट्समा हिस्सेदारी प्राप्त गरेको छ र वाल्ट डिज्नीका पूर्व सीईओ बब इगर सल्लाहकारको रूपमा काम गर्छन् ।
कन्काकाफ पनि चिन्तित
यस अवस्थाबाट असन्तुष्ट युइएफए एक मात्र संस्था होइन । उत्तर र मध्य अमेरिकाको फुटबल निकाय कन्काकाफ पनि यस विषयमा चिन्तित छ । कन्काकाफले विज्ञप्तिमा जनायो–“हामी उचित प्रक्रियाको अभावबाट गहिरो चिन्तित छौं,“
एसियाली फुटबल महासंघ (एएफसी) ले भन्योः “विश्वव्यापी फुटबलको भविष्यलाई सुदृढ पार्न सक्ने नवीन दृष्टिकोणहरूको अन्वेषणको महत्त्वलाई एएफसीले बुझे पनि, यस स्तर र परिणामका पहलहरू सुशासन, पारदर्शिता र अर्थपूर्ण परामर्शका सिद्धान्तहरूमा आधारित हुनुपर्छ ।“
ब्लाटरले पनि बोले
फिफा पूर्व अध्यक्ष सेप ब्लाटरले एक्समा लेख्दै भनेः “फिफा अध्यक्ष र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीचको घनिष्ठ सम्बन्ध आर्थिक आयाममा पुगेको छ जसले फुटबललाई गहिरो रूपमा क्षति पु¥याउँदैछ ।“ कसैलाई पनि हाम्रो खेल बेच्ने अधिकार छैन ।“











प्रतिक्रिया