खहरेको दहमा डुबेर एकै परिवारका दुई र अर्को एक बालकको ज्यान गयो

564
Shares

उदयपुर ।

उदयपुरको कटारी नगरपालिका वडा नं ३ स्थित हरैया खहरे खोलामा नुहाउँदा डुबेर एकै परिवारका दुई दाजुभाइ र अर्को एक बालकको बिहीबार ज्यान गएको छ ।

जिल्ला प्हरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार बिशीबार साँझ ५ः३० बजे कटारी नगरपालिका वडा नं ३ बस्ने वर्ष ७ र ११ का दाजुभाई र निजहरुकै नातेदार पर्ने ८ वर्षका अर्का वालक बेपत्ता भएको खबर प्राप्त भएको थियो ।

बालकहरु वेपता भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कटारी र सशस्त्र प्रहरी बल नेपाल कटारीको संयुक्त टोलीले खोजतलास गर्ने क्रममा कटारी नगरपालिका वडा नं। ३ स्थित हडैया खहरे खोलामा पौडी खेल्ने क्रममा डुबेको अवस्थामा फेला पारिएको थियो ।

हडैया खहरेमा फेला परेका तीनै जना बालकहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल कटारी लगिएकोमा चिकित्सकले साँझ ६ः१० बजे तीनै जनालाई मृत घोषणा गरेका छन् । निजहरुको शव पोष्ट मार्टमकालागि हाल कटारी अस्पतालको शवगृहमा राखिएको छ । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।