गुरुहरूको नाममा स्थापित सम्मानबाट ५ कलाकर्मी सम्मानित

गुरुको ऋण कहिल्यै तिर्न सकिँदैन : मिथिला शर्मा


नेपाल पूर्व प्रहरी कलाकार संघको दोस्रो वार्षिकोत्सव तथा तेस्रो स्रष्टा सम्मान कार्यक्रममा कलाका विभिन्न विधामा योगदान पु¥याएका पाँच जना कलाकर्मी सम्मानित भएका छन्।

अभिनेत्री तथा नृत्य कलाकार मिथिला शर्माले आप्mना गुरुहरूको स्मृतिमा स्थापना गरेको सम्मान आकर्षक नगद राशीसहित बुधवार गुरु पूर्णिमाको अवसरमा राजधानीको नेपाल पुलिस क्लबमा आयोजित समारोहमा प्रदान गरिएको हो।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा हास्य कलाकार तथा निर्देशक सन्तोष पन्तलाई हाडा एन्ड पाल हास्य वाङ्मय साधना सम्मान २०८३ प्रदान गरियो। गायक तथा संगीतकार डा. किरण प्रधानले गोपाल योञ्जन संगीत साधना सम्मान २०८३ प्राप्त गरे भने नृत्यांगना विमल श्रेष्ठ क्षेत्रीलाई राजपाल थापा नृत्य साधना सम्मान २०८३ प्रदान गरियो।

त्यसैगरी साहित्यकार तथा गीतकार नेपाल सेनाका पूर्व उपरथी राजेन्द्र थापालाई चेतन कार्की गीति वाङ्मय साधना सम्मान २०८३ प्रदान गरिएको थियो। यी सम्मान अभिनेत्री तथा संघकी सल्लाहकार मिथिला शर्माले स्थापना गरेकी हुन्। यी सम्मानको नगद राशी जनही २५ हजार रुपिया“ रहेको छ। नगद राशी पनि उनकै तर्पmबाट प्रदान गरिएको हो।

कार्यक्रममा अभिनेता तथा नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक अर्जुनजंग शाहीलाई पहिलोपटक नेपाल पूर्व प्रहरी कला साधना सम्मान २०८३ प्रदान गरियो।

कार्यक्रमको विशेष आकर्षण सम्मानित व्यक्तित्वहरूको जीवनयात्रा र कलात्मक योगदान समेटिएको भिडियो प्रस्तुति बन्यो। भिडियोमार्फत उनीहरूका जीवनसाथीको परिचय गराउ“दै सफल यात्रामा दिएको साथ र सहयोगप्रति आभार व्यक्त गरिएको थियो। सम्मान ग्रहणका क्रममा सम्मानित व्यक्तित्वहरूको जीवनसाथीलाई पनि मञ्चमा आमन्त्रण गरी सम्मान गरिएको थियो।
सम्मान प्रमुख अतिथि प्रहरी महानिरीक्षक दानबहादुर कार्की, पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहरा, अन्य पूर्व प्रहरी महानिरीक्षक तथा सम्बन्धित विधाका वरिष्ठ कलाकर्मीहरूले संयुक्त रूपमा प्रदान गरेका थिए। कला, संस्कृति तथा संघका गतिविधिमा योगदान पु¥याएका अन्य व्यक्तित्वलाई मायाको चिनो प्रदान गरिएको थियो।

संघकी वरिष्ठ सल्लाहकार मिथिला शर्माले आप्mना नृत्य र अभिनय यात्राका गुरुहरूको स्मृति जीवित राख्ने उद्देश्यले उनीहरूको नाममा सम्मान स्थापना गरिएको बताइन्। ‘गुरुहरू चेतन कार्की, गोपाल योञ्जन, राजपाल थापा र धु्रवरत्न हाडाको गर्विलो इतिहास जीवित राख्ने उद्देश्यले गुरुदक्षिणास्वरूप यो सम्मानको स्थापना गरेकी हुँ।

विगतले अंश माग्दैन, आमा, बुबा र गुरुको ऋण कहिल्यै तिर्न सकिँदैन। तर पनि उहाँहरूको नाममा सम्मान अर्पण गर्न पाउँदा गुरुहरूबाट आशीर्वाद पाए जस्तो लाग्छ’ कार्यक्रमलाई सम्बोधन गर्दै मिथिलाले भनिन्।

संघका संस्थापक छत्रबहादुर गुरुङले यस्ता कार्यक्रम नाचगानमा मात्र सीमित नभई कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका लागि पनि आयोजना हुँदै आएको बताए। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले यस्ता कार्यक्रमले सेवाबाट अवकाश प्राप्त प्रहरी कर्मचारीलाई प्रहरी परिवारसँग जोडिराख्न महत्वपूर्ण भूमिका खेल्ने चर्चा गरे।

कार्यक्रममा पूर्व तथा वर्तमान नेपाल प्रहरीसँग आबद्ध कलाकारहरूले गीत, संगीत र नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा मिथिला शर्माले पनि सरप्राइज प्रस्तुति दिँदै आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन्।