धनुषाको रघुनाथपुरमा ४५ वर्षीय पुरुषको हत्या


काठमाडौँ ।

धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरमा एक पुरुषको हत्या भएको छ। हँसपुर नगरपालिका–३ मलहनिया निवासी करिब ४५ वर्षीय बन्ठु राउत गडेरीलाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ।

उनी रघुनाथपुरस्थित हनुमान मन्दिरमा बस्दै आएका थिए। घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।