बुटवल।
आर्थिक वर्ष २०८३-०८४ सुरु भएको १२ दिन बितिसक्दा पनि देशैभरका यातायात व्यवस्था कार्यालयहरुमा सर्भर नियमित सञ्चालनमा आउन सकेको छैन । जसले गर्दा यातायात व्यवसायी अन्य सवारी साधनका धनीहरुलाई निकै समस्या भोग्नु परेको छ । लुम्बिनी यातायात व्यवस्था कार्यालय सवारीमा पनि सो समस्या छ । सर्भर अवरुद्ध हुँदा दैनिक सेवा प्रवाह प्रभावित भएको छ भने सेवाग्राही आउने जाने गर्दा सास्ती भोग्न बाध्य छन् । लुम्बिनी यातायात व्यवस्था कार्यालय सवारीवाट मात्र दैनिक ५५ देखि ६० लाख रुपैयाँसम्म राजस्व संकलन हुने गरेकोमा त्यो अहिले हुन सकेको छैन।
यातायात व्यवस्था कार्यालय सवारीमा सर्भर नचल्दा नयाँ सवारी दर्ता, नामसारी, कर, जांचपास,रुट प्रमिट लगायतका सेवा लिन आएका सेवाग्राही मर्कामा परेका छन्। आर्थिक वर्षको सुरुआतसँगै बढेको सेवाको चापबीच सर्भर समस्या थप जटिल बनेको हो। सेवाग्राहीहरू केही दिनदेखि लाइनमा बसे पनि काम नहुँदा निराश भएर फर्किन बाध्य भएका छन्। यही विषयलाई आत्मसाथ गरि कार्यालयले सुचना नै जारी गरी अर्को सूचना नहुँदा सम्मका लागि कार्यालयवाट प्रदान गरिने सबै सेवा बन्द गरिएको जनाएको छ । यतीमात्र नभई कार्यालयमा सेवाबन्दको माइकिगं नै गरिरहेको ।
व्यवसायीहरूले समेत सवारी खरिद–बिक्री, दर्ता र नवीकरणका काम रोकिँदा आर्थिक क्षति बेहोर्नुपरेको कार्यालयका निमित्त प्रमुख दीपक थापाले बताउनु हुन्छ ।सर्भर केन्द्रबाट सञ्चालन हुने भएकाले समस्या समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय गरिरहेका छौं। सर्भर अवरुद्ध हुँदा सेवा प्रवाह प्रभावित भएको छ र विशेष गरी सवारी साधनको जाँच पास र रुट प्रमिट ७ र १५ दिनको मात्र हुने हुँदा व्यसायीलाइ समस्या परेको छ । सो समयमा “सर्भरको समस्याले गर्दा व्यवसायीले जरिवाना तिर्न पर्ने अवस्था श्रृजाना भएकोले जरिवाना नलिने व्यवस्था मिलाउनका लागि पनि सम्बन्धित निकायमा छलफल भैरहेको निमित्त प्रमुख थापाले बताउनु भयो । सर्भर समस्याले व्यवसायी र सेवाग्राहीलाई ठूलो असर परेको बारे लुम्बिनीस्थित यातायात व्यवस्था कार्यालय सवारीमा पश्चिमाञ्चल यातायात व्यवसायी समितिले मंगलवार जानकारी संगै डेलिकेशन गएको हो । सवारी दर्ता, नामसारी र अन्य प्रक्रिया रोकिँदा व्यवसाय नै प्रभावित भएको छ। सम्बन्धित निकायले तत्काल समस्या समाधान गरेर सेवा सहज बनाउनु पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष याम जीसीले सुझाव दिनु भयो ।
समितिमा २ हजार ३ सय सवारी रहेको र सर्भर नचल्दा भएको समस्यालाई ध्यानमा राखी सो अवधिमा नवीकरण ,जाँच पास र रुट प्रमिट सकिएको अवस्थामा जरिवाना लिन नहुनेमा अध्यक्ष जीसीले सरानेकारवाला निकाय गम्भिर हुन आग्रह गर्नु भयो । डेलिकेशनमा समितीका तर्फवाट अध्यक्ष जीसी, वरिष्ठ उपाध्यक्ष गणेश घिमिरे कार्यालय प्रमुख प्रकाश गेरै लगायत व्यवसायीको सहभागिता रहेको थियो । त्यस्तै लुम्बिनी स्थित यातायात व्यवस्था कार्यालय लाईसेन तर्फ पनि धेरै समस्या छन । सर्भर त्यहा पनि चलेको छैन । जसकाकारण सवारी चालक अनुमतिको नवीकरण रोकिएको छ । लाईसेनको लागि टयाल दिन आएका सौरभ भण्डारीले कार्यालयको सेवा प्रवाह प्रति चिन्ता जाहेर गर्नु भयो ।सर्भर समस्या कहिले समाधान हुन्छ भन्ने यकिन नभएपछि सेवाग्राही र व्यवसायी र कार्यालयका कर्मचारी समेत अन्योलमा छन्। सेवा प्रवाहलाई छिटो सामान्य बनाउँदै राजस्व संकलनमा परेको असर कम गर्न र व्यवसायी र उपभोक्तालाई सजिलै सेवा लिने वातावरण बनाउनका लागि सम्बन्धित निकाय गम्भिर बन्न जरुरी छ । बुटवलमा मात्र नभई सर्भरको समस्या देशैभरी देखिएकोले सरकारले यसवारेमा जिम्मेवारी बोध गरी सञ्चालनमा ध्यान दिन जरुरी छ ।











प्रतिक्रिया