इटालीको चर्चित स्यान्डविच ब्रान्ड अल आन्टिको भिनायोले अष्ट्रेलियामा आफ्नो पहिलो शाखा सिड्नीमा सञ्चालनमा ल्याएको छ। पसल खुलेको पहिलो दिनदेखि नै ठूलो संख्यामा ग्राहकको भीड लागेको छ।
सन् १९९१ मा इटालीको फ्लोरेन्सबाट सुरु भएको यो ब्रान्ड अहिले विश्वका विभिन्न देशमा ६० भन्दा बढी शाखासहित विस्तार भइसकेको छ। यसको विशेष परिकार परम्परागत टस्कन रोटीमा तयार गरिने स्यान्डविचका कारण यो ब्रान्ड विश्वभर लोकप्रिय बनेको हो।
अष्ट्रेलियाको पहिलो शाखा सिड्नीको पिट स्ट्रिटमा खुलेपछि ग्राहकहरू लामो समय पालोमा बसेका दृश्य सामाजिक सञ्जालमा व्यापक रूपमा साझा भइरहेका छन्। धेरैले यसको स्वाद चाख्न घण्टौंसम्म लाइनमा बसेका थिए।
स्रोत: न्युज डट कम डट एयू











प्रतिक्रिया