अपराध भन्नासाथ हत्या, डकैती, चोरी वा ठगीका घटना सम्झिने गरिन्छ। तर विश्व इतिहासमा यस्ता पनि अपराध भएका छन्, जसले अनुसन्धानकर्तालाई मात्र होइन, सम्पूर्ण मानव समाजलाई नै स्तब्ध बनाएका छन्। कतिपय अपराध मानसिक विकार, विकृत यौन चाहना, असामान्य मनोवैज्ञानिक प्रवृत्ति वा मृत्यु प्रतिको अस्वाभाविक आकर्षणका कारण भएका थिए।
यस्ता घटना अत्यन्त दुर्लभ भए पनि अपराधका विद्यार्थी र अनुसन्धानकर्ताले अहिले पनि अध्ययन गरिरहेका छन्। प्रस्तुत छ संसारलाई चकित बनाएका १० अनौठा अपराध।
१. आर्मिन माइभेस (जर्मनी) – सहमतिमै भएको नरभक्षण

जर्मनीमा सन् २००१ मा भएको आर्मिन माइभेसको घटना विश्वकै सबैभन्दा विवादास्पद अपराधमध्ये एक मानिन्छ। माइभेसले इन्टरनेटमार्फत आफूलाई स्वेच्छाले “खान” इच्छुक व्यक्ति खोज्दै विज्ञापन दिएका थिए। त्यसपछि बर्न्ड ब्रान्डेस नामका व्यक्तिले उनीसँग सम्पर्क गरी भेटेका थिए।
भेटपछि माइभेसले ब्रान्डेसको हत्या गरी उनको शरीरका केही भाग महिनौँसम्म फ्रिजमा राखेर खाएका थिए। घटनाको सम्पूर्ण प्रक्रिया भिडियोमा रेकर्ड गरिएको थियो। यो घटना सन् २००२ मा प्रहरीले सार्वजनिक गरेपछि विश्वभर सनसनी मच्चिएको थियो।सुरुमा अदालतले पीडितको सहमतिलाई आधार मानेर माइभेसलाई ८ वर्ष ६ महिनाको जेल सजाय सुनाएको थियो। तर पुनः सुनुवाइपछि अदालतले यसलाई हत्या ठहर गर्दै सन् २००६ मा उनलाई आजीवन कारावासको सजाय सुनायो। यो घटनाले व्यक्तिको सहमति, हत्या र नैतिकतासम्बन्धी विश्वव्यापी कानुनी बहससमेत जन्माएको थियो।
२. अनातोली मोस्कभिन – २९ शवलाई ‘गुडिया’ बनाउने इतिहासकार

रुसी इतिहासकार अनातोली मोस्कभिन मृतकप्रति असामान्य आकर्षण राख्थे। उनले विभिन्न चिहानबाट २९ वटा शव निकाली घरमा ल्याए र ममी बनाएर महिलाका कपडा लगाई गुडियाजस्तै सजाएर राखे।
उनी चिहानको इतिहासका विशेषज्ञ मानिन्थे र सयौँ चिहानको अध्ययन गरेका थिए। अनुसन्धानपछि उनको घरबाट मानव अवशेष, शव सजाउने सामग्री र सम्बन्धित कागजात बरामद भएका थिए। मानसिक अवस्था असामान्य देखिएपछि उनलाई मनोचिकित्सकीय उपचारका लागि पठाइएको थियो।
३. जेफ्री डामर (अमेरिका) – मानव अङ्ग सङ्कलन गर्ने सिरियल किलर

अमेरिकाका जेफ्री डामरले सन् १९७८ देखि १९९१ सम्म १७ जनाको हत्या गरेका थिए। प्रहरीले उनको घरबाट मानव खप्पर, हड्डी, संरक्षित अङ्ग तथा शरीरका अवशेष बरामद गरेको थियो।उनले केही पीडितको शरीरका अङ्ग सुरक्षित राख्ने र केही अवस्थामा नरभक्षण गरेको स्वीकार गरेका थिए। उनी आधुनिक इतिहासका सबैभन्दा कुख्यात सिरियल किलरमध्ये एक मानिन्छन्।
४. इस्सेई सागावा (जापान) – हत्या, नरभक्षण र कानुनी विवाद

सन् १९८१ मा पेरिसमा अध्ययनरत जापानी विद्यार्थी इस्सेई सागावाले आफ्नी डच सहपाठी रेने हार्टेभेल्टको हत्या गरी उनको शरीरका केही भाग खाएका थिए।फ्रान्समा उनलाई मानसिक रूपमा अस्वस्थ ठहर गरियो र उपचार केन्द्र पठाइयो। पछि जापान फर्काइएपछि उनी रिहा भए। कानुनी प्रक्रियाका कारण उनी फेरि मुद्दा नचलाइ स्वतन्त्र जीवन बिताउन सफल भए, जसले अन्तर्राष्ट्रिय स्तरमै ठूलो विवाद सिर्जना गर्यो।
५. लियोनार्डा चियान्चुल्ली (इटाली) – मानव शरीरबाट साबुन बनाएको घटना

दोस्रो विश्वयुद्धअघि इटालीकी लियोनार्डा चियान्चुल्लीले तीन महिलाको हत्या गरेकी थिइन्। अनुसन्धानका क्रममा उनले पीडितहरूको शरीरका केही भागबाट साबुन र केक (मिठाई) बनाएको स्वीकार गरेकी थिइन्।चियान्चुल्लीले आफ्ना सन्तानहरू सुरक्षित रहून् भन्ने अन्धविश्वासका कारण ती हत्या गरेको दाबी गरेकी थिइन्। यस घटना इतिहासकै सबैभन्दा कुख्यात र विचित्र अपराधमध्ये एक मानिन्छ।











प्रतिक्रिया