काठमाडौं ।
प्रधान सेनापति महारथी अशोकराज सिग्देलले नेपाली सेनाका पदोन्नति भएका दुई सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधान सेनापति सिग्देलले प्राविधिक सहायक रथी विश्वबन्धु पहाडीलाई उपरथी दर्जामा पदोन्नति भएपछि दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। पहाडीलाई गत साउन २६ गतेको निर्णयअनुसार उपरथीमा पदोन्नति गरिएको थियो।
यस्तै, प्राविधिक महासेनानी दर्जामा पदोन्नति भएका प्रमुख सेनानी डा. इन्दिरा आचार्यलाई पनि प्रधान सेनापति सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरे।
कार्यक्रममा बलाधिकृत, रथीवृन्द तथा अधिकृतहरूका साथै पदोन्नति भएका सैनिक अधिकृतका परिवारजनको समेत उपस्थिति रहेको नेपाली सेनाले जनाएको छ।











प्रतिक्रिया