महासचिवबाट ललितपुर उद्योग वाणिज्यको अध्यक्षको दौडमा कर्माचार्य


ललितपुर।

ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा हालका महासचिव भूमिनन्दन कर्माचार्यले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
संघको ४७ औं अधिवेशन आगामी आश्विन २३ र २४ गते हुँदैछ। कर्माचार्य २०७० सालदेखि संघको कार्यसमितिमा आबद्ध छन् । उनले ३ पटक कार्यसमिति सदस्य, सामाजिक सेवा समितिको संयोजक तथा कोषाध्यक्ष भइसकेका छन्।‘महासचिवको दायित्व निर्वाह गर्दै गर्दा मैले संघलाई अझ नजिकबाट चिन्ने बुझ्ने मौका पाएँ।यसले गर्दा अध्यक्ष भएर काम गर्ने आत्मविश्वास बढेपछि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरें । ’ कर्माचार्यले भने ।

निजी क्षेत्रको आवाजलाई संघ, प्रदेश र स्थानीय सरकार सम्म सशक्त रूपमा पु¥याउने, उद्योगी–व्यवसायीको हकहित तथा व्यवसायिक सुरक्षालाई प्राथमिकता दिने र संघको संस्थागत भूमिका थप प्रभावकारी बनाउने उनको प्रतिबद्धता रहेको छ ।