काठमाडौँ।
नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ कमर्श (ICC)द्वारा प्रदान गरिने चार प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ अवार्डबाट सम्मानित भएको छ।
भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैंकिङ अवार्ड–२०२६ कार्यक्रममा बैंकले ‘बेस्ट बैंक इन एमएसएमई एक्सेलेरेसन’, ‘बेस्ट पर्फर्मेन्स अन एसेट क्वालिटी’, ‘बेस्ट पर्फर्मेन्स अन प्रोफिटेबिलिटी’ र ‘बेस्ट कमर्सियल बैंक’ विधामा पुरस्कार प्राप्त गरेको हो।
उक्त समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द र वित्त तथा योजना विभाग प्रमुख नेत्र खटिवडाले बैंकका तर्फबाट पुरस्कार ग्रहण गरेका थिए।
बैंकका अनुसार यी अवार्डहरूले व्यावसायिक बैंकिङ, सम्पत्तिको गुणस्तर, नाफामुखी कार्यसम्पादन तथा साना तथा मझौला उद्यम (एमएसएमई) प्रवर्द्धनमा बैंकले हासिल गरेको उपलब्धिलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिएका छन्।
अवार्ड प्राप्तिपछि बैंकले आफ्ना सेयरधनी, ग्राहक तथा नियामक निकायप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि गुणस्तरीय, सुरक्षित र प्रविधिमैत्री बैंकिङ सेवा विस्तार गर्दै राष्ट्रको आर्थिक विकासमा योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ।
नेपाल एसबिआई बैंकले विगत ३३ वर्षदेखि नेपालमा बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकको देशभर १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा, १२७ एटिएम तथा एक कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन्।











प्रतिक्रिया