उदयपुर ।
उदयपुरमा गत जेष्ठ र असारसमेतको दुई महिनाको अवधिमा उदयपुर प्रहरीले लागु औषध ओसार पसार तथा सेवन गर्ने २७ जनालाई पक्राउ गरेर कानुनी कारबाही गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुर र मातहतका प्रहरी इकाईहरुको सहयोगमा जिल्लाका विभिन्न ठाउँबाट लागु औषध कारोबारी तथा सेवन कर्ताहरुलाई नियन्त्रणमा लिएर अदालतबाट म्याद थप गर्दै अनुसन्धान अघि बढाएको र केहीको मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार गत जेष्ठ महिनामा ६ किलो गाँजा सहित छ जना, ६ ग्राम १० मिलीग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको र उनीहरको साथबाट मोटर साइकल १ र स्कुटर १ नियन्त्रणमा लिइएको थियो ।
यसैगरी ट्रामाडोल र स्पास पेनसहित २ जनालाई, डाइजेपाम, फेनारगन, ब्रुफिनर्फिनसमेत १५ एमपुल सहित १ जनालाई पक्राउ गरी आवश्यक कार्वाही भैरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाउको छ । असार महिनामा १७ं.०४० किलोग्राम गाँजा सहित २ जना, ८३० ग्राम ब्राउन सुगर सहित ५ जना, विभिन्न मनोद्धिपक क्याप्सुल २४९६ सहित ९ जनालाई पक्राउ गरी आवश्यक कानुनी कार्वाही भैरहेको जिलला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
उदयपुरमा सिराहाको लाहान क्षेत्रबाट लागु औषधको कारोबार हुने गरेको भए पनि प्रहरीको प्रयासले मात्र लागु औषध नियन्त्रण हुन नसक्ने र समुदायको प्रत्यक्ष सहयोग आवश्यक छ । भारतीय सीमा नाकामा विशेष निगरानी हुँदा हुँदै पनि चोरबाटोबाट लागु औषधको कारोबार सञ्जाल मार्फत भैरहेको जानकारी रहे पनि भारतीय पक्षबाट पनि सीमामा कडाई गर्ने हो भने केही हदसम्म नियन्त्रण हुने बताइएको छ ।
लागु औषध कारोबारी तथा सेवन कर्ताहरुले आर्थिक अवस्था सुधार्नका लागि आवैध कारोबार गरिरहेको भए पनिकतिपयको लागु औषध सेवनका कारण घरको आर्थिक अवस्था दयनीय भएको छ । कतिपयको उपचार नपाएर ज्यान गएको छ । कतिपयलाई साँझ विहानको छाक टार्न समस्या भएकोले घर जग बेचेर सकिएको छ । कतिपयले घरको भाँडाकुँडा, लोटा, थाल, कचौरा बेचेका छन । कतिपय सडकमा बास बस्न बाध्य भएका छने । कतिपय मागेर खाइरहेका छन भने कतिपय आफन्तको आश्रयमा बसेर लागु औषध सेवन वा ओसार पसारको परिणाम भोगिरहेको अवस्था छ ।
प्रहरीले समुदायमा विद्यालयमा गएर वडाका टोल विकास संस्थामा गएर लागु औषध, अन्य अपराधका घटना, आत्महत्या, हत्या लगायतका सामाजिक अपराधका विषयमा सामाजिक जनचेतना तथा सचेतना कार्यक्रमहरु निरन्तर रुपले गरिरहेको अवस्थामा पनि लागु औषधका कारोबारी र सेवन कर्ताहरुले नटेरेको स्थिति छ । जसले गर्दा प्रहरीलाई लागु औषध नियन्त्रण गर्न समस्या भएको जानकारहरुको भनाई छ ।











प्रतिक्रिया