काठमाण्डाैँ।
राजनीतिक दलको निर्माण र त्यसको प्रभावकारी संचालनका लागि चिनियाँ राष्ट्रपति सिजिनपिङको अवधारणा उपयोगी हुने विज्ञहरुले बताएका छन् ।
काठमाण्डाैँमा फ्रेन्डस अन क्लाउडकाे कार्यक्रममा राजनीतिज्ञ जगन्नाथ खतिवडा, परराष्ट्रविद डा. गोपाल खनाल, पूर्व राजदूत महेशराज दाहाल, अनुसन्धानकर्ता डा. दीपक देवकोटा र क्लाउडका अध्यक्ष शोभित उप्रेतीले पार्टी निर्माणमा राष्ट्रपति सी का विभिन्न आयामबारे चर्चा गर्नुभएकाे थियो ।
कार्यक्रममा पूर्व राजदूत महेशराज दाहालले राष्ट्रपति सिको अध्ययनशिल बानी नै पार्टी र राष्ट्र निर्माणका लागि आधारशिला बनेको बताउनु भयो ।
पूर्व राजदूत दाहालले श्रम शिविरमा हुँदा पनि निकै अध्यन गर्ने सीकाे बानी र लामो तथा नयाँ सोच राजनीतिक दलहरूका लागि उर्जा बन्नसक्ने बताउनु भयो । सृजनशीलता परिवर्तनकारी सोचका धनी सीले पार्टी सदसयता पाउन पनि निकै संघर्ष गरेकाले पार्टी कस्तो हुनुपर्छ भन्ने उनले राम्रोसँग बुझेकाे दहालकाे भनाई ।
अनुसन्धानकर्ता डा. दिपक देवकोटाले राष्ट्रपति सी ले राज्यबाट डर नभई भरोसा जगाउने काम गरेर सफलता प्राप्त गरेको बताउनु भयो । जनतालाई केन्द्रमा राखेर पार्टी र देश निर्माण गर्न उनी सफल भएको डा. देवकाेटा बताउनु हुन्छ ।
परराष्ट्रविद डा. गोपाल खनालले विश्वव्यापी सुशासन अभियान र नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवाद नै सिजिनपिङको पार्टी निर्माणको स्पष्ट अवधारणा भएको बताउनु भयो।
आर्थिक अनियमितता गर्ने ७० लाख भन्दा बढीलाई चीनमा कारबाही गरिएको जानकारी दिँदै खनालले राष्ट्रपति सी को सुशासन अभियानको प्रशंसा गर्नुभयो।
नेता जगन्नाथ खतिवडाले अनुशासन, अनुगमन र आत्मसमीक्षाको सुत्र नै राष्ट्रपति सी को पार्टी र देश निर्माणको आधारशिला रहेको धारणा राख्नुभयो ।
राष्ट्रपति सी ले विचार निर्माण, राजनीति निर्माण र संगठन निर्माणमा जोड दिँदै पार्टीमा गुणस्तरीय सदस्यलाई मात्र स्थान दिएको खतिवडाले बताउनु भयो ।
कार्यक्रम फ्रेन्डस अन क्लाउडकाे अध्यक्ष समाजसेवी शोभित उप्रेतीको सभापतित्वमा सम्पन्न भएको थियो ।











प्रतिक्रिया