काठमाडौं, (नेस) ।
नेपाल खेलकुद महासंघ अन्तरगत राष्ट्रिय ब्याडमिन्टन संघ नेपालको आयोजनमा हुने पुष्पलाल स्मृती राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिताको १४ औं संस्करणलाई ब्याडमिन्टन खेल सामाग्री उत्पादक कम्पनी लिनिङ्गले प्रायोजन गर्ने भएको छ । राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल र लिनिङ्ग बिच प्रायोजन सम्वन्धि सम्झौता भएको संघका महासचिव सुनिलमान शाक्यले जानकारी गराएका छन् ।
यहि श्रावण २५ गते देखि ३० गते सम्म ललितपुरको ग्वार्को स्थित सहआयोजक यल स्पोर्टस् एकेडेमीमा आयोजना हुने प्रतियोगितामा ब्याडमिन्टनका शिर्ष ८ बरियताका महिला÷पुरुष एकल, शिर्ष ८ बरियता बाहेकका महिला÷पुरुष एकल, महिला÷पुरुष युगल खुला, यु– ११, यु– १५ र यु– १९ छात्र तथा छात्रा खुला एकल, ३५ बर्ष माथिको खुला युगल, ४५ र ५५ बर्ष माथिको मास्टर्स खुला युगल गरि १५ बिधामा प्रतिस्पर्धा हुने छ ।
करिव ४१ लख ५ हजार २ सयको लागत रहेको प्रतियोगिताको पुरस्कार रासी १० लाख ७८ हजार रहेको छ । प्रतियोगितामा लगातार तीन संस्करणमा जित हात पार्ने खेलाडीले मोटरसाईकल÷स्कुटर प्राप्त गर्नेछन् । यस अघिको संस्करणमा लगातार तीन संस्करणमा जित हात पार्दै प्रिन्स दाहालले मोटरसाईकल प्राप्त गरेका थिए ।
लिगमा खेल खेल्ने खेलाडीले सहभागिता भएबापत नगद १ हजार ५ सय प्राप्त गर्नेछन् भने प्रत्येक बिजय बापत थप १ हजार ५ सय प्राप्त गर्नेछन् । प्रतियोगितामा बिजयी खेलाडीले ५० हजार र उपबिजयीले ३५ हजार नगद प्राप्त गर्नेछन् । यस्तै तृतीय हुने खेलाडीले १५ हजार प्राप्त गर्नेछन् ।
शिर्ष ८ बाहेकका पुरुष÷महिला एकलमा बिजयी खेलाडीले नगद ३० हजार, उपबिजयी खेलाडीले नगद १५ हजार र तृतीय स्थान प्राप्त गर्ने दुई खेलाडीले ७ हजार ५ सय प्राप्त गर्नेछन् । यस्तै महिला पुरुष युगल तर्फका शिर्ष तीनले ४० हजार, २० हजार र १० हजार नगद प्राप्त गर्नेछन् ।











प्रतिक्रिया