नवलपरासी ।
नारायणी नदी किनारका बस्तीमा वर्षा लागे पछि बाढीकाे त्रास र बँदेलकाे आतंक हुने गरेकाे स्थानीयले बताएकाछन् ।
मध्यविन्दु २ सेहरी,सितापुर,धजाहा,भुताहा गाउँमा किसानले लगाएकाे बर्षे मकै यस वर्ष बँदेलले खाएर सखाप पारेकाे छ ।
महंगो मल,बीउ हालेर बडाे मेहनत गरि फलाएकाे खेतबारीकाे मकै बँदेलले खाई दिदा १ डाेकाे पनि थन्क्याउन नपाएकाे हाेमबहादुर महताेले बताए ।


उनले भने एका तिर बँदेल आतंकले पाकेकाे बाली खाइदिने र धानकाे राेपाेमा आहाल बसेर आजित पारेकाे छ अर्को तिर पहाडमा पानी पर्दा कुन दिन नारायणी बढेर आउछ र रातकाे समयमा घरबासै उडाउछ भन्ने त्रास पनि हुने गरेकाे छ ।
वर्षा लागेसंगै नारायणी किनारका हरेक बासिन्दालाई नदीकाे बाढीले कटान तथा डुवानकाे आतंकबाट त्रसित पार्ने गरेकाे स्थानीयहरूले बताउने गरेकाछन् ।
त्यसाे त पाँच दशक अघि नारायणीकाे बाढी पस्दा उजाडिएकाे सेहरीकै झण्डै ६० बिगहा नम्बरी जग्गामा अहिले काँस फुलेकाे छ भने यही नजिककाे धजाहा गाउँ माथिबाट नारायणी उर्लिएकाे सेहरी गाउँकै गाेबिन्द थनेतले बताए ।
नारायणी नदीले कटान गर्दा यहाँको थुम्सी, पिताैजी,सिख्राैली,गिदहा,पिप्रहर,पिठाैली,अमलटारी,नन्दपुर,काेल्हुवा,भुताहा,काेलकट्टा लगायतका स्थानकाे सयाैं बिगहा खेती याेग्य जमिन बगरमा परिणत भएकाे छ भने दर्जनाै यहाँका पुराना गाउँ बस्ती बिस्थापित भएकाछन् ।
नारायणी नदीकाे बाढीले गैडाकाेट,देवचुली,कावासाेती,मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँ पालिकाकाे गरि करिव ३० ओटा वडालाई कुनै न कुनै रूपले प्रभावित पारिनै रहेकाे छ ।
नदी बढेसंगै गैडाकाेट २ नारायणी पुल माथिकाे किनारी बस्ती जलमग्न हुने गरेकाे छ त्यसै गरि देवचुलीकाे १३ नम्वर वडा वाेटेटाेल,१७ नम्वर वडाकाे कुजाैली क्षेत्र डुवानमा पर्दै आएकाे छ ।
सदरमुकाम कावासाेतीकाे ११ नम्बर वडाकाे लाैगाई १३ काे गैरी,१५ काे अमलटारी र १७ नम्वर वडाकाे ब्रमस्थान समेत कटान र डुवानमा पर्ने गरेकाे छ ।
त्यसै गरि मध्यविन्दु नगरकाे वडा नम्वर २ नन्दपुर,सितापुर,सेहरी १५ काे काेलकट्टा,भिउरहान,१२ काे तमासपुर र विनयी त्रिवेणी १ वगुवन दाेभान नारायणीकाे प्रत्यक्ष डुवानमा वर्षेनी पर्ने गर्दछ ।
गैंडाकाेटकाे ६ र ७ नम्बबरमा भने नारायणी किनारमा गरिएकाे स्थायी तटबन्दले कटान डुबान राेकिए पनि उत्तर डाँडापाखा बाट आउने झरनले केही भूभागमा पानी पस्ने गरेकाे वडा नम्बर ६ का अध्यक्ष सुवाश चापागाईंले बताए ।
यसरी नै विनयी त्रिवेणीकाे वडा नम्बर ६ शिवपुर गढी पूर्व, ७ काे थटिया खाेला, वनकट्टा लगायतकाे क्षेत्रमा नारायणीमा ठूलाे बाढी आउदा प्रभावित हुने गरेकाे छ ।
त्यसाे त पछिल्लाे समय नारायणीकाे कटान र डुवान राेक्न नदी किनारमा जालतार तथा ठूल्ठूला बाेल्डर बिछ्याइएको भए पनि कति पय ठाउँमा याे प्रभावहीन बनेकाे स्थानीयहरू बताउछन् ।
जिल्लाकाे दक्षिणी क्षेत्रकाे अधिकांश भूभाग नारायणी नदी किनार र चितवन राष्ट्रिय निकुञ्जसंग जाेडिएकाेले यी बस्तीका बासिन्दाले वर्षादकाे बाढी र बँदेल,गैंडा,हरिण जस्ता जंगली जनावरले दिएकाे सास्तीबाट मुक्ति खाेजेकाछन् ।
उनीहरूले नदी कटान,डुबान तथा जंगली जनावरले गर्ने हानि नाेक्सानीलाई कम गर्न कतिपय राजनैतिक दलले चुनावका बेला उठाउने गरेकाे देवघाट देखि त्रिवेणी सम्मकाे तटवन्ध र नारायणी करिडाेरकाे नारा व्यवहारमै उतार्न माग गरेकाछन् ।











प्रतिक्रिया