छाउप्रथा विरुद्ध हलीको विद्रोँह


आगामी साउन २२ गते रिलिजमा आउने फिल्म हलीले छाउप्रथा जस्तो कुरीतिमाथि प्रहार गर्दै सामाजिक परिवर्तनको सशक्त सन्देश दिएको छ।


शुक्रवार सार्वजनिक फिल्मको ट्रेलरले पश्चिम नेपालमा विद्यमान अन्धविश्वास र त्यसका कारण महिलाले भोग्नुपरेको विभेदलाई केन्द्रमा राखेको छ। ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक ट्रेलरमा महिनावारी भएकै कारण किशोरीलाई विद्यालय जानबाट रोकिएको, पहिलो पटक रजस्वला हुदा छाउगोठमा राख्ने चलन तथा २१ दिनसम्म बुबा र पुरुष सदस्यको अनुहार हेर्न नहुने जस्ता कुरीतिलाई मार्मिक ढंगले चित्रण गरिएको छ।

ट्रेलरले यस्ता परम्पराविरुद्ध एक जना सामान्य हलीले समेत परिवर्तनको अभियान सुरु गर्न सक्छ भन्ने सन्देश दिन खोजेको छ। ट्रेलर सार्वजनिक कार्यक्रममा निर्माता पूजा गुरुङले फिल्म वास्तविक घटनाबाट प्रेरित रहेको जनाउ“दै परिवर्तनका लागि केवल राजनीतिक भाषण पर्याप्त नहुने धारणा राखिन्। ‘देश परिवर्तन गर्नका लागि एउटा हली नै काफी छ। यहा“ नेताले भाषण गर्दैमा मात्रै देश परिवर्तन हु”दैन’
उनले भनिन् ‘फिल्मले यसै भन्छ।’

निर्देशक तथा लेखक ओम प्रतीकले पनि पश्चिम नेपालमा अझै विद्यमान छाउप्रथाको यथार्थबाट प्रभावित भएर फिल्म निर्माण गरिएको बताए। उनका अनुसार समाज परिवर्तनको आधार चेतनाको विकास हो। ‘पश्चिम क्षेत्रमा महिनावारी हु“दा पहिलो पटक छाउप्रथामा राख्ने चलन रहेछ। त्यही यथार्थ कथामा यो फिल्म निर्माण गरेका हौ“। चेतनालाई फराकिलो रूपमा हेरियो भने पढाइमा पीएचडी गर्नै पर्दैन’ उनले भने। पूजा गुरुङ र जस्मिन श्रेष्ठको निर्माण रहेको फिल्मको लेखन तथा निर्देशन ओम प्रतीकले गरेका छन्। फिल्ममा प्रमोद दीप, सुजाता थापा, विद्या कार्की, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउ“ले, विशाल पहाडीलगायतयका कलाकारको अभिनय छ भने निर्देशक ओम प्रतीक स्वयं पनि मुख्य भूमिकामा देखिएका छन्।

जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायु फिल्म्स्को सहकार्यमा निर्माण भएको फिल्ममा शम्भुजित बा“स्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत, जस्मिन श्रेष्ठको शब्द, बाबुल गिरीको संगीत, बाबुल गिरी र शान्तिश्री परियारको स्वर, कुमार महर्जनको द्वन्द्व निर्देशन, राहुल राईको छाया“कन, रामप्रसाद चौधरी र विपिन मल्लको सम्पादन रहेको छ।