सुमनकुमार र समीक्षाको झरीले कतै


गायक सुमनकुमार श्रेष्ठले नयाँ सांगीतिक कोशेली झरीले कतै सार्वजनिक गरेका छन्। गायिका समीक्षा अधिकारीसँगको युगल स्वरमा सजिएको गीत यसको भिडियोसति गायक सुमनकुमार श्रेष्ठको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।


रोमान्टिक भाव बोकेको गीतमा डा. राजुबाबु श्रेष्ठको शब्द तथा राजनराज शिवाकोटीको संगीत रहेको छ। चन्द सिंहले संगीत संयोजन गरेको गीतलाई किशोर थापाले मिक्सिङ तथा मास्टरिङ गरेका छन्। गीतको भिडियोमा सुरेन्द्र दियाली र सुहाना क्षेत्रीको अभिनय रहेको छ। उनीहरूको प्रेमभावलाई केन्द्रमा राखेर तयार गरिएको भिडियोले प्रेम, आकर्षण र भावनात्मक सम्बन्धका विभिन्न आयामलाई दृश्यमा उतार्ने प्रयास गरेको छ। भिडियोमा गायक सुमनकुमार पनि देखिएका छन्।

निकेश खड्काको निर्देशन रहेको भिडियोमा दिनेश पराजुलीको छाया“कन, विकास धमलाको सम्पादन र कलर छ। भिडियोमा दृश्य संयोजनलाई आकर्षक बनाउने प्रयास गरिएको छ।

पछिल्लो समय मौलिक नेपाली गीतसंगीतप्रति दर्शक–श्रोताको आकर्षण बढिरहेका बेला झरीले कतैले पनि मधुर शब्द, सुमधुर संगीत र आकर्षक दृश्यमार्फत आप्mनो अलग पहिचान बनाउन खोजेको देखिन्छ। सार्वजनिक भएको भिडियोमा गायक सुमनकुमार श्रेष्ठ र समीक्षा अधिकारीको स्वरको तालमेलले गीतलाई थप श्रुतिमधुर बनाएको छ भने राजनराज शिवाकोटीको संगीतले गीतलाई रोमान्टिक स्वाद दिएको छ।

प्रस्तुतकर्ता सुमनकुमार श्रेष्ठले गीतले नेपाली संगीतप्रेमीको मन छुने विश्वास व्यक्त गरेका छन्। मौलिक शब्द, संगीत र दृश्य प्रस्तुतिको संयोजनमा तयार गरिएको यस गीतले डिजिटल प्लेटफर्ममा राम्रो प्रतिक्रिया पाउने अपेक्षा निर्माण पक्षको छ।