नेपाली कला, संस्कृति र लोकपरम्परालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दै एभरेष्ट नेपाल कल्चरल ग्रुप फ्रान्सबाट फर्किएको छ। संस्थापक अध्यक्ष डा. आरसी कोइराला ‘रामचन्द्र’ को नेतृत्वमा गएको टोलीले फ्रान्सको सैन्ट–मैक्सन सहरमा आयोजित ३८औँ अन्तर्राष्ट्रिय बाल सांस्कृतिक मेलामा सहभागिता जनाउँदै नेपालको सांस्कृतिक विविधता प्रदर्शन गरेको हो।
टोलीमा बागमती बोर्डिङ उच्च माध्यमिक विद्यालय, सुकेधाराका प्रधानाध्यापक श्यामदत्त अधिकारीको संयोजनमा विद्यार्थीहरूको सहभागिता रहेको थियो। डा. कोइरालास“गै समूहकी सदस्य तथा लालिगुराँस नेसनल एकेडेमीकी उपप्रधानाध्यापक सुजिता काप्mले उदास, प्रधानाध्यापक श्यामदत्त अधिकारी तथा विद्यार्थीहरू सुरभि अर्याल, कसिश भट्टराई, सदिच्छा महत, आहना कार्की, श्रुतिरानी गिरी, शुभान्जली सापकोटा, शुभम सम्राट घले, आध्या अधिकारी, आर्नबी गौतम, सम्पदा ओली, आयुष मिश्र, समृद्धि पौड्याल, आयुषा मिश्र र सम्बन्ध सिवाकोटी सहभागी थिए। मेलामा टोलीले मारुनी, कौरा, गर्रा, यति, कुमारी, झ्याउरे र थाली नृत्यमार्फत नेपाली मौलिक संस्कृतिको आकर्षक प्रस्तुति दिएको थियो। ती नृत्यको निर्देशन सपना महर्जनले गरेकी थिइन्।
फ्रान्स भ्रमणको सम्पूर्ण व्यवस्थापन एभरेष्ट नेपाल कल्चरल ग्रुपकी निर्देशक शीतल आचार्यले गरेकी थिइन्। भ्रमणका क्रममा विद्यार्थीहरूले विभिन्न विद्यालयको अवलोकन गर्दै शैक्षिक तथा सांस्कृतिक आदान–प्रदानमा पनि सहभागिता जनाएका थिए। भ्रमणका क्रममा टोलीका प्रमुख डा. आरसी कोइरालाले स्थानीय नगरपालिकाका प्रमुख, मेला आयोजक तथा अन्य सरोकारवालास“ग भेटघाट गर्दै नेपालमा सांस्कृतिक पर्यटन प्रवद्र्धनका सम्भावनाबारे छलफल गरेका थिए।
नेपाली कला, संस्कृति र लोकपरम्परालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दै एभरेष्ट नेपाल कल्चरल ग्रुप फ्रान्सबाट फर्किएको छ। संस्थापक अध्यक्ष डा. आरसी कोइराला ‘रामचन्द्र’ को नेतृत्वमा गएको टोलीले फ्रान्सको सैन्ट–मैक्सन सहरमा आयोजित ३८औँ अन्तर्राष्ट्रिय बाल सांस्कृतिक मेलामा सहभागिता जनाउँदै नेपालको सांस्कृतिक विविधता प्रदर्शन गरेको हो।
टोलीमा बागमती बोर्डिङ उच्च माध्यमिक विद्यालय, सुकेधाराका प्रधानाध्यापक श्यामदत्त अधिकारीको संयोजनमा विद्यार्थीहरूको सहभागिता रहेको थियो। डा. कोइरालास“गै समूहकी सदस्य तथा लालीगुरा“स नेसनल एकेडेमीकी उपप्रधानाध्यापक सुजिता काप्mले उदास, प्रधानाध्यापक श्यामदत्त अधिकारी तथा विद्यार्थीहरू सुरभि अर्याल, कसिश भट्टराई, सदिच्छा महत, आहना कार्की, श्रुतिरानी गिरी, शुभान्जली सापकोटा, शुभम सम्राट घले, आध्या अधिकारी, आर्नबी गौतम, सम्पदा ओली, आयुष मिश्र, समृद्धि पौड्याल, आयुषा मिश्र र सम्बन्ध सिवाकोटी सहभागी थिए। मेलामा टोलीले मारुनी, कौरा, गर्रा, यति, कुमारी, झ्याउरे र थाली नृत्यमार्फत नेपाली मौलिक संस्कृतिको आकर्षक प्रस्तुति दिएको थियो। ती नृत्यको निर्देशन सपना महर्जनले गरेकी थिइन्।

प्रतिक्रिया