अभिनेत्री तथा मोडल कविता नेपालीले जन्मदिनको अवसरमा नयाँ फिल्म एक्का तीनमा मुख्य नायिकाको रूपमा प्रवेश पाएकी छन्। निर्देशक रुपेश तामाङले उनलाई औपचारिक रूपमा फिल्ममा अनुबन्ध गर्दै मुख्य कलाकारको लाइनअप पूरा गरेका हुन्।
यसअघि नै फिल्मका लागि अभिनेत्री पूजा शर्मा र अभिनेता पुष्प खड्का अनुबन्धित भइसकेका छन्। भदौबाट छायाकनमा जाने तयारीमा रहेको फिल्ममा कविता भित्रिएस“गै तीन प्रमुख पात्रको कलाकार छनोट सम्पन्न भएको निर्माण पक्षले जनाएको छ। निर्देशक तामाङका अनुसार एक्का तीन एक्सन जनराको फिल्म हो। कविताले यसअघि फिल्म एक्लोमा प्रस्तुत गरेको एक्सन भूमिकालाई दर्शकले रुचाएकाले उनलाई जन्मदिनकै अवसर पारेर फिल्ममा अनुबन्ध गरिएको उनले बताए।
निर्देशक तामाङले फिल्ममा पूजा शर्मा र कविता नेपालीबीचको पात्रगत द्वन्द्व र प्रतिस्पर्धा कथाको प्रमुख आकर्षण रहने पनि उल्लेख गरेका छन्।
जुना फिल्म्स् र अधिरा फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्मको लेखन सुमन गजमेरले गरेका हुन्।











प्रतिक्रिया