काठमाडौं।
२४औं सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई धनगढीस्थित कृष्ण मन्दिर धर्मशालाबाट सेती प्रादेशिक अस्पताल लगिएको छ।
शनिबार बिहान परीक्षणका क्रममा डा. केसीको रक्तचाप ११०/९० र रक्तमा सुगरको मात्रा ५० पाइएको थियो। सुगर अत्यन्त न्यून भएपछि चिकित्सकले तत्काल आईसीयूमा भर्ना गरी उपचार गर्न सुझाव दिएका थिए।
डा. केसी बिहीबारदेखि धनगढीको कृष्ण मन्दिर धर्मशालामा विभिन्न पाँच बुँदे माग राख्दै अनशनमा बसेका हुन्। स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उनलाई हिँडडुल गर्न, बोल्न र दैनिक गतिविधि गर्नसमेत समस्या भएको सहयोगीहरूले बताएका छन्।
यसैबीच शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले डा. केसीका माग सम्बोधन गर्न सरकार तयार रहेको बताएका छन्। मन्त्री पोखरेलले केसीसँग फोन संवाद गर्दै वार्ता टोली गठन गर्ने र आवश्यक परे धनगढी आउने बताएका थिए।











प्रतिक्रिया