काठमाडौं।
देशका मुख्य नदीहरूको जलसतह सामान्य रहे पनि केही पहाडी तथा हिमाली जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आगामी दुई दिन कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही साना नदीहरूमा बहाव बढ्ने तथा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।













प्रतिक्रिया