अविरल वर्षापछि कोशी र बागमतीका प्रमुख राजमार्ग प्रभावित


काठमाडौ । 

देशभर परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले कोशी र बागमती प्रदेशका विभिन्न प्रमुख राजमार्ग प्रभावित भएका छन्। इलामको मेची राजमार्ग र सिन्धुपाल्चोकको अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने भोजपुर र खोटाङका मध्य पहाडी लोकमार्गमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ।

यसैबीच, बाढी र पहिरोको जोखिमका कारण वि.पि. राजमार्ग र कान्ति लोकपथमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। सम्बन्धित निकायले यात्रु तथा चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न र यात्रा अघि सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेका छन्।