अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य बिग्रियो, अस्पताल भर्नाको तयारी


धनगढी ।

२४औँ आमरण अनसनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गर्ने तयारी गरिएको छ।

सहयोगी डा. अमृत जैसीका अनुसार डा. केसीको शरीरमा सुगरको मात्रा ५० मा झरेको छ भने रक्तचाप पनि न्यून देखिएको छ। स्वास्थ्य अवस्था थप जटिल हुन सक्ने भएकाले उनलाई उपचार र निगरानीका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लैजाने तयारी भइरहेको छ।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका विभिन्न माग राख्दै डा. केसीले धनगढीको कृष्ण मन्दिरमा २४औँ आमरण अनसन सुरु गरेका हुन्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।