कमला मिसको प्रेमिल तिमी मेरो सञ्जीवनी


प्रदर्शनको तयारीमा रहेको फिल्म कमला मिसमा समावेश गीत तिमी मेरो सञ्जीवनी हालै सार्वजनिक गरिएको छ।
ख्यातिप्राप्त अभिनेता तथा निर्देशक नीर शाहद्वारा निर्देशित फिल्मको सार्वजनिक गीतमा युग भुसालको शब्द र संगीत रहेको छ। गीतमा रुबाई र सरोदी कुमारले स्वर दिएका छन्। गीतको भिडियो कोरियोग्राफी रामजी लामिछानेले गरेका छन्।

साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित नाटक कोही किन बर्बाद होस्बाट प्रेरित फिल्म मनोवैज्ञानिक कथावस्तुमा आधारित छ। फिल्म आगामी साउन २२ गते देशभर प्रदर्शनमा आउने तयारीमा छ। फिल्ममा नीर शाहस“गै रमेश बुढाथोकी, वासना तिमिल्सिना, शिवम् सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी, सञ्जय खतिवडालगायतका कलाकारहरूको अभिनय रहेको छ।

विजय मल्ल स्मृति प्रतिष्ठानका लागि विजय मल्ल परिवारले निर्माण गरेको फिल्मका कार्यकारी निर्मातामा चैतन्य प्रकाश प्रधान, उमेश मल्ल, रमेशबाबु श्रेष्ठ र राम भट्टराई छन् भने पुष्कर लामा (प्रेम भोम्जन) लाइन प्रोड्युसर छन्। फिल्मको कथा विजय मल्लको हो। पटकथा तथा संवाद नीर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका छन्। छाया“कन शिवराम श्रेष्ठले गरेका छन् भने सम्पादन मिलन विक्रम शाहको रहेको छ।

फिल्मले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको छ।