निर्देशक बलिराम चौहानको नया फिल्म ल्याङ ल्याङमा अभिनेता सन्तोष बानिया मुख्य भूमिकामा अनुबन्ध भएका छन्।
यसअघि निर्माण पक्षले अभिनेता रियान गिरीलाई पनि मुख्य भूमिकामा अनुबन्ध गरिसकेको छ।
सन्तोष र रियान दुवैले फिल्म होस्टेल ३ बाट एकैसाथ नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेका थिए। रंगमञ्च, म्युजिक भिडियो र टेलिसिरियलमार्फत अभिनय यात्रा अघि बढाएका बानिया“ले होस्टेल ३ पछि गोबर गणेश र कस्तुरीमा अभिनय गरेका थिए। यसअघिका फिल्ममा सहायक भूमिकामा देखिएका उनी ल्याङ ल्याङमा भने पहिलोपटक मुख्य पात्रका रूपमा प्रस्तुत हुन लागेका हुन्।
स्काइफल पिक्चर्सको प्रस्तुतिमा बन्ने फिल्मको स्लोगन हरेक युवाको कथा राखिएको छ। नेपाली युवापुस्ताले साथीभाइबीचको किचकिच, बारम्बारको दबाब वा मानसिक तनावलाई बुझाउन प्रयोग गर्ने ल्याङ ल्याङ शब्दकै सेरोफेरोमा फिल्मको कथा निर्माण गरिएको निर्देशकको भनाइ छ। फिल्मले युवाको मनोविज्ञान, सम्बन्ध र दैनिक जीवनका उतारचढावलाई प्रस्तुत गर्नेछ।
फिल्मको कथा निर्देशक बलिराम चौहान र उपाश्री खतिवडाले संयुक्त रूपमा लेखेका छन्। निर्देशक चौहानले सम्पूर्ण टोलीको औपचारिक घोषणा गरेपछि छाया“कन सुरु गरिने जानकारी गराए। बलिरामले गत वर्ष द ब्ल्यू लाइटमार्फत निर्देशनमा डेब्यु गरेका थिए।











प्रतिक्रिया