सत्य घटनाबाट प्रेरित कथामा निर्माण हुन लागेको नेपाली फिल्म रातो घेरा – द रेड सर्कलको धमाधम छायाकन भइरहेको छ। फिल्मको भक्तपुरबाट छायाकन सुरु भएको हो।
निर्देशक अनिल बुढा मगरले सामाजिक यथार्थ, मानवीय सम्बन्ध र रहस्यलाई केन्द्रमा राखेर निर्माण गर्न लागेको फिल्मको पहिलो चरणको छाया“कन ३० दिने तालिकाअनुसार अघि बढाइएको हो। विश्राम फिल्म्स् प्रालिको व्यानरमा जीवन गुरुङ, कविता गुरुङ, भोजेन्द्र गुरुङ (भोज) र सरुन शेरचनद्वारा निर्माणाधीन फिल्मको पहिलो चरणमा भक्तपुरका ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक स्थानमा मुख्य दृश्य खिचिनेछन्। निर्माण टिमले यही तालिकाभित्र पहिलो चरणको सम्पूर्ण छायाकन सम्पन्न गर्ने लक्ष्य राखेको फिल्ममा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन्।
उनीहरूस“गै सुनिल पोखरेल, भोलाराज सापकोटा, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङ, शेखर चापागार्ई, डीबी गुरुङ, बलबहादुर गुरुङ, इन्गी हाप्पो सुनुवार, सुरज तमु, खड्गबहादुर पुन (खबपु), अरुण पुन मगर, सुस्मिता कु“वर, रामबाबु रेग्मी, भावना खपाङ्गी मगर, उमेश सोनम, विजया पौडेल, सुभाषप्रसाद गजुरेल, सुवास सिंह ठकुरी, सञ्जय कुमार, रमिक सिंह ठकुरी, सुनील तामाङलगायतको अभिनय रहनेछ। निर्देशक मगरले वास्तविक घटनाबाट प्रेरित कथा भएकाले छायाकनदेखि कलाकारको अभिनयसम्म स्वाभाविकपनलाई विशेष प्राथमिकता दिइएको बताए। विषयवस्तु र निर्माण दुवै हिसाबले फरक स्वादको फिल्म दर्शकमाझ ल्याउने उनले दाबी गरे।
सुमन गुरुङ र खेम राना सहनिर्माता रहेको फिल्ममा कथा तथा पटकथा राजु स्याङताङ, गीत रचना श्रवण मुकारुङ र शिव हमाल, संगीत र पाश्र्व संगीत मनोज थापा मगर र सागर आले, कला निर्देशन कृपा खड्गी, छाया“कन शिशिर बिशंखे र सम्पादन जीवन थापाको रहनेछ।
मंसिर १८ गते देशभर प्रदर्शन गर्ने लक्ष्य राखिएको फिल्मको वितरण अधिकार काफिया फिल्म्स्ले लिएको छ।











प्रतिक्रिया