टिभिएसको नयाँ इलेक्ट्रिक स्कुटर ‘अर्बिटर’ सार्वजनिक


काठमाडौं।

टिभिएस मोटर कम्पनीले नेपाली बजारमा बहुप्रतीक्षित टिभिएस अर्बिटर इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ। जगदम्बा मोटर्समार्फत बिक्री हुने यो स्कुटर सहरी यात्रालाई लक्षित गर्दै स्मार्ट प्रविधि, दिगो गतिशीलता र आधुनिक सुविधासहित बजारमा ल्याइएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार टिभिएस अर्बिटरले १५८ किलोमिटर आईडीसी रेन्ज, क्रुज कन्ट्रोल, हिल होल्ड असिस्ट, ३४ लिटरको ठूलो बुट स्पेस तथा उन्नत कनेक्टेड सुविधा प्रदान गर्छ। यसमा उद्योगमै पहिलोपटक प्रयोग गरिएको १४ इन्चको अगाडिको पाङ्ग्रा रहेको छ, जसले स्थिरता, आराम र नियन्त्रणमा सुधार ल्याउने कम्पनीको दाबी छ।

टिभिएस अर्बिटरमा ३.१ किलोवाट–घण्टा क्षमताको ब्याट्री जडान गरिएको छ। यसको उन्नत वायुगतिकीय डिजाइनले ऊर्जा दक्षता बढाउँदै लामो दूरीको यात्रा सम्भव बनाउने कम्पनीले जनाएको छ।

स्कुटरमा मोबाइल एप कनेक्टिभिटी, भाइजरसहितको अगाडिको एलईडी हेडलाइट, कलर एलसीडी डिस्प्ले, फोन कल तथा सन्देश सूचना, टर्न–बाइ–टर्न नेभिगेसन, ओटीए अपडेट, जियो–फेन्सिङ, चोरी तथा दुर्घटना सूचना, लाइभ लोकेसन ट्र्याकिङ लगायतका स्मार्ट सुविधा समावेश छन्।

टिभिएस अर्बिटरको डिजाइन आधुनिक, आकर्षक र उपयोगितामूलक रहेको कम्पनीले जनाएको छ। यसमा ८४५ मिलिमिटर लामो फ्ल्याटफर्म सिट, २९० मिलिमिटरको सिधा फुटबोर्ड तथा दुईवटा हेल्मेट राख्न मिल्ने ३४ लिटर क्षमताको अन्डर–सिट स्टोरेज उपलब्ध छ।

टिभिएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यवसाय अध्यक्ष पेयमान कार्गरले नेपालमा टिभिएस अर्बिटर सार्वजनिक हुनु विद्युतीय गतिशीलता विस्तारको यात्रामा महत्वपूर्ण उपलब्धि भएको बताए।

उनले भने, “विश्वभर स्वच्छ यातायातका विकल्पतर्फ परिवर्तन भइरहेको अवस्थामा हामी ग्राहकको आवश्यकता पूरा गर्ने नवीनतम समाधान उपलब्ध गराउन प्रतिबद्ध छौं। टिभिएस अर्बिटरले स्मार्ट प्रविधि, उत्कृष्ट कार्यसम्पादन र दैनिक उपयोगितालाई एकै ठाउँमा ल्याएको छ।”

टिभिएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यवसाय उपाध्यक्ष मधु प्रकाश सिंह ले नेपाली सडक तथा भौगोलिक अवस्थालाई ध्यानमा राखेर टिभिएस अर्बिटरको परीक्षण गरिएको बताए। उनले यसले नेपाली ग्राहकलाई आरामदायी, भरपर्दो र आधुनिक विद्युतीय यात्रा अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरे।

शंकर समूहका प्रबन्ध निर्देशक शाहिल अग्रवाल ले टिभिएस आईक्युबको सफलतापछि टिभिएस अर्बिटरले नेपालको विद्युतीय दुईपाङ्ग्रे बजारमा कम्पनीको उपस्थितिलाई थप बलियो बनाउने बताए।

उनका अनुसार देशभरको बिक्री तथा सेवा सञ्जालमार्फत ग्राहकलाई सहज खरिद र स्वामित्व अनुभव प्रदान गरिनेछ।

टिभिएस अर्बिटर नियोन सनबर्स्ट, कोस्मिक टाइटेनियम र मार्सियन कपर गरी तीन आकर्षक रङमा उपलब्ध हुनेछ।

कम्पनीले टिभिएस अर्बिटरको परिचयात्मक मूल्य २ लाख ८१ हजार ९ सय रुपैयाँ तोकेको छ।

दक्षता र नियन्त्रणका लागि निर्माण गरिएको
३.१ किलोवाट–घण्टा ब्याट्रीसहितको टिभिएस अर्बिटरले १५८ किलोमिटरको आईडीसी रेन्ज प्रदान गर्छ। १४ इन्चको अगाडिको पाङ्ग्रा र गतिशील पछाडिको संरचनाले सहरी यात्रामा राम्रो पकड, सन्तुलन र सहज नियन्त्रण प्रदान गर्ने कम्पनीले जनाएको छ।

यसको ठाडो एर्गोनोमिक ह्यान्डलबारले आरामदायी बसाइ र सजिलो नियन्त्रण सुनिश्चित गर्छ।

प्रविधि र सुरक्षाका सुविधा

टिभिएस अर्बिटरमा निम्न सुविधा उपलब्ध छन्:

दुर्घटना, स्कुटर ढलेको, चोरी तथा स्थानसम्बन्धी सूचना प्रणाली

मोबाइल एपमार्फत ब्याट्री अवस्था र ओडोमिटर जाँच गर्ने सुविधा

स्मार्ट नेभिगेसन प्रणाली

एलसीडी डिस्प्लेमा कल, सन्देश तथा व्यक्तिगत सूचना

हिल होल्ड असिस्ट, क्रुज कन्ट्रोल र पार्किङ असिस्ट

सफ्टवेयर अद्यावधिक गर्ने ओटीए सुविधा

इको र पावर गरी दुईवटा राइडिङ मोड

नियोन सनबर्स्ट, कोस्मिक टाइटेनियम र मार्सियन कपर रङमा उपलब्ध टिभिएस अर्बिटरले नेपालको बढ्दो विद्युतीय सवारी बजारमा नयाँ विकल्प थप्ने अपेक्षा गरिएको छ।