मिसेस नेपाल वल्र्डमा थपियोे मिसेस नेपाल कोस्मो


विवाहित महिलाहरूको राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्ड २०२६ को आवेदन खुला गरिएको छ। आयोजक रिबन इन्टरटेनमेन्ट प्रालिले बुधवार ललितपुरको पुल्चोकस्थित द स्क्वायर होटलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको औपचारिक घोषणा गरेको हो।
आयोजकले योग्य तथा इच्छुक विवाहित नेपाली महिलालाई प्रतियोगितामा सहभागी भई आप्mनो प्रतिभा, व्यक्तित्व, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न आह्वान गरेको छ।

आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले यस वर्षको संस्करणलाई अघिल्लाभन्दा अझ भव्य, व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको बनाइने बताए। प्रतियोगिताको पहिलो चरणको अडिसन साउन २३ गते काठमाडौंको नया“ बानेश्वरस्थित आर्याल इन्टरनेसनल होटलमा हुनेछ। प्रतियोगितामा सहभागी हुन उचाइ वा तौलको कुनै मापदण्ड तोकिएको छैन। न्यूनतम एसइई वा एसएलसी उत्तीर्ण विवाहित तथा एकल महिलाले स्वदेश तथा विदेशबाट आवेदन दिन सक्नेछन्। प्रतियोगिताको ग्रान्ड फिनाले आगामी कात्तिक १४ गते काठमाडौंमा आयोजना हुनेछ। प्रतियोगिताको कोरियोग्राफर अश्विनीकान्त झा रहनेछन् भने नृत्य कोरियोग्राफी सन्दीप भुजेलले गर्नेछन्। समन्वयको जिम्मेवारी गंगा महर्जन, सम्राट शाह र बिन्दिया श्रेष्ठले सम्हाल्नेछन्।

कार्यक्रममा कोरियोग्राफर अश्विनीकान्त झाले प्रतियोगिताले महिलालाई व्यक्तित्व विकासस“गै विभिन्न विषयमा ज्ञान र अनुभव हासिल गर्ने अवसर प्रदान गर्ने बताए। पत्रकार तथा सल्लाहकार विदुर गिरीले मिसेस नेपाल वल्र्ड विवाहित महिलाहरूका राष्ट्रिय ब्रान्डका रूपमा स्थापित भइसकेको धारणा राखे। कानुनी सल्लाहकार तथा अभिनेता–अधिवक्ता कृष्ण ढुंगानाले प्रतियोगिताले महिला सशक्तीकरणमा सकारात्मक योगदान पु¥याउ“दै आएको बताए। मिसेस नेपाल वल्र्ड २०२५ रक्षा पन्त र मिसेस नेपाल इन्टरनेसनल २०२५ सञ्जु भट्टले आप्mनो प्रतियोगिताको अनुभव र अन्तर्राष्ट्रिय मञ्चसम्मको यात्राबारे धारणा राखेका थिए।

यस वर्षदेखि प्रतियोगितामा नया“ राष्ट्रिय उपाधि मिसेस नेपाल कोस्मो २०२६ थपिएको छ। यसै मञ्चबाट मिसेस नेपाल वल्र्ड २०२६, मिसेस नेपाल इन्टरनेसनल २०२६, एमएस इन्टरनेसनल २०२६ र मिसेस नेपाल कोस्मो २०२६ को समेत छनोट गरिनेछ। मिसेस नेपाल वल्र्ड २०२६की विजेताले आगामी वर्ष अमेरिकामा आयोजना हुने मिसेस वल्र्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् भने मिसेस नेपाल कोस्मो २०२६ की विजेताले म्यानमारमा हुने अन्तर्राष्ट्रिय मिसेस कोस्मो प्रतियोगितामा नेपालको आधिकारिक प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन्।