अण्डा उमालेको फाल्दै हुनुहुन्छ? गर्न सक्छ यस्तो चमत्कार


काठमाडौँ।

अण्डा उमालेपछि बाँकी रहने पानी तपाईं के गर्नुहुन्छ? अधिकांशको जवाफ हुन्छ– सिधै सिङ्कमा फालिन्छ। तर, यही पानीले तपाईंको घरका बिरुवालाई हराभरा बनाउन सक्छ भन्ने थाहा छ?

अण्डा उमाल्ने क्रममा त्यसको बोक्राबाट क्याल्सियमसहितका केही खनिज तत्त्व पानीमा मिसिन्छन्। त्यसैले उमालेपछि बाँकी रहने यो पानी सामान्य पानीजस्तो मात्र हुँदैन, यसमा बिरुवाका लागि उपयोगी पोषक तत्त्व पनि हुन सक्छन्।

विशेषज्ञहरूका अनुसार यो पानी पूर्ण रूपमा चिसिएपछि गमला वा बगैंचाका बिरुवामा हाल्न सकिन्छ। यसमा रहेका खनिज तत्त्वले माटोलाई थप पोषण दिन मद्दत गर्ने र बिरुवाको वृद्धि तथा हरियाली कायम राख्न सहयोग पुग्ने विश्वास गरिएको छ।

अबदेखि अण्डा उमालेको पानी सिधै फाल्नुअघि एकपटक सोच्नुहोस्। कुनै अतिरिक्त खर्चबिना, कुनै रासायनिक मल नहालिकन, तपाईंको भान्साबाट निस्कने यही साधारण पानीले घरका बिरुवाका लागि प्राकृतिक पोषणको काम गर्न सक्छ। सानो बानी परिवर्तनले वातावरण संरक्षणसँगै तपाईंको बगैंचालाई पनि अझ हराभरा बनाउन सक्छ।