विश्वकप २०२६ को उपाधि स्पेनले जित्यो भने अर्जेन्टिना उपाधिविहीन भयो । न्युयोर्कको न्यूजर्सीस्थित मेटलाइफ रंगशालामा भएको फाइनलमा स्पेनले अर्जेन्टिनालाई १–० ले हराएको थियो । यो फाइनल हारले अर्जेन्टिना र कप्तान लियोनेल मेसीले धेरै थोक गुमाए पनि ।
फाइनल खेलपछि मेसी र उनका साथी खेलाडीहरू दुःखित भए । उनीहरूको आँखा आँसुले भरिएको थियो । केही खेलाडी त हार स्विकार गर्न नसक्दा स्पेनका खेलाडीमाथि समेत जाइ लागेका थिए ।
फाइनल खेलपछिको पुरस्कार कार्यक्रमा जब अर्जेन्टिनाको पूर टोली उपविजेताको मञ्चमा उभिए । त्यतिबेला सबैभन्दा दुःखित मेसी देखिए । प्रतियोगिताका प्रमुख अधिकारीहरूले मेसीलाई पदक लगाइदिँदा उनको आँखाबाट आँसु झरेको प्रष्टै देखिन्छ ।
उनले एकपटक पदकलाई हेरे र यसलाई चुम्नको सट्टा चुपचाप पदक लगाएर उनी मञ्चबाट ओर्लेका थिए । उनी विश्वकप ट्रफीको नजिक आएर त्यसलाई भावुक हुँदैं हेरेको दृश्यले सारा अर्जेन्टिनाका समर्थकहरूको आँखाबाट आँसु झरेको थियो । यो भावुक दृश्यले एउटै कुरा स्पष्ट पारेको छ कि मेसी विश्वकप ट्रफी दोस्रोपटक जित्न लालायित थिए ।
३९ वर्षीय मेसीले हारपछि निकै ठूलो पीडा भएको भन्दै बताए–पीडा ठूलै छ र यसलाई मलहम लगाउन समय लाग्नेछ ।
स्पेनसँग हारेपछि अर्जेन्टिना र मेसीले धेरै थोक गुमाएका छन् । मेसी लगातार दोस्रोपटक उपाधि दिलाएर एक इतिहास कोर्न असफल भए । अर्जेन्टिनाले तीनपटक विश्वकप जितेपनि अहिलेसम्म लगातार दुई उपाधि जित्न सकेको छैन ।
यसअघि १९८६ मा उपाधि जितेपछि डिएगो म्याराडोनाको कप्तानीमा अर्जेन्टिना १९९० मा पनि फाइनल पुगेको थियो । तर, म्याराडोना र उनका सहयोगी खेलाडीहरूले जर्मनीसँग १–० को हारको सामना गर्नु परेको थियो ।
यसैगरी मेसीले व्यक्तिगत पुरस्कारहरू पनि एक–एक गर्दै गुमाउनु परेको थियो । उनले गोल्डेन बूट (सुनको जुत्ता), गोल्डेन बल (सुनको बल) र शीर्ष गोलकर्ताका उपाधि गुमाएका हुन् । फाइनल खेल नहुन्जेल उनका लागि यी तीनै उपाधि जित्ने संभावना अधिक थियो ।
सबैको अनुमान पनि थियो यी सबै मेसीकै हुनेछ । तर, भनेजस्तो केही पनि भएन । उनी फाइनलमा निष्क्रिय भइदिँदा अर्जेन्टिना पराजित भयो र यी सबै उपाधि अरुले लिएको मेसीले हेर्नु परेको थियो ।
गोल्डेन बूट जित्नका लागि फाइनल खेलमा मेसीले कमसेकम दुई गोल गर्नु पर्ने थियो । उनले गोल गर्न नसक्दा गोल्डेन बूटको उपाधि फ्रान्सका किलियन एम्बाप्पेले उनीबाट खोसे । यसले एम्बाप्पेलाई लगातार दुई विश्वकपमा गोल्डेन बूट जित्ने पहिलो खेलाडी बनायो ।
मेसी १० गोल गरेका एम्बाप्पेसँग दुई गोलले पछि परेका थिए । योसँगैं उनको विश्वकपमा पहिलो गोल्डेन बूट जित्ने सपना समाप्त भयो । उनले विश्वकपमा अहिलेसम्म गोल्डेन बूट जित्न सकेका छैनन् ।
गत विश्वकप २०२२ मा पनि मेसी एम्बाप्पेसँग नै पछि परेर गोल्डेन बूट जित्न वंचित भएका थिए । त्यतिबेला उनले ७ गोल गर्दा एम्बाप्पेले ८ गोल गरेका थिए ।
यति मात्रै होइन एम्बाप्पेले मेसीलाई सर्वाधिक विश्वकपका उच्च गालकर्ताको उपाधि पनि खोसेका छन् । सेमिफाइनलको खेल सकिएपछि मेसी २१ गोलका साथै विश्वकपका उच्च गोलकर्ता बनिरहेका थिए । २० गोल गरेका एम्बाप्पे भने उनलाई पछ्याइरहेका थिए ।
तेस्रो स्थानको गोल वर्सेको खेलमा एम्बाप्पेले दुई दर्शनीय गोल गरेपछि व्यक्तिगत २२ गोलसंख्या पु¥याए । मेसीले उनीसँग बराबरी गर्न फाइनलमा कमसेकम एक गोल गर्नु पर्ने थियो । तर, उनी गोल गर्न असफल हुँदा एम्बाप्पे विश्वकप इतिहासमा सर्वाधिक गोलकर्ता बनेका हुन् ।
गोल्डेन बल पनि जितेनन्
मेसीले गोल्डेन बल पनि जित्न सकेनन् । फाइनल हुनअघिसम्म उनी गोल्डेन बल जित्नेमा अगाडि थिए । तर, फाइनलमा उनी निष्क्रिय बनेपछि यो उपाधि स्पेनका कप्तान रोड्रीले जिते । रोड्री प्रतियोगिताका सर्वश्रेष्ठ खेलाडी बन्दै गोल्डेन बल जित्न सफल भएका थिए ।
उनको तुलनामा रोड्रीले मिडफिल्डमा पासिंग र बलमा नियन्त्रणमा उत्कृष्टता देखाएको कारण स्पेनको जित संभव भयो । यसअघि विश्वकप २०१४ र २०२२ विश्वकपमा मेसीले गोल्डेन बूट जितेका थिए ।
मेसीको सानदार प्रदर्शन
मेसीले यस विश्वकपमा फाइनलबाहेकका खेलहरूमा जुन स्तरको खेल देखाए त्यसले अर्जेन्टिनाले नै उपाधि जित्ने संभावना बढेको थियो । उनले समूह चरणमा एक ह्याट्रिकसँगैं ६ गोल गरे । उनले अल्जेरियाविरुद्ध ३ गोल गर्दै पहिलोपटक विश्वकपमा ह्याट्रिक गर्न सफल भए ।
यसपछि उनले अस्ट्रियाविरुद्ध २ गोल गर्दै जर्मनीका मिरोस्लोभ क्लोजको उच्च गोलकर्ताको उपाधि आफ्नो नाममा गरे । क्लोजले १६ गोल गरेका थिए । समूहको अन्तिम खेलमा जोर्डनविरुद्ध उनले १ गोल गरे । अर्जेन्टिनाले समूह चरणमा कूल ८ गोल गर्दा मेसीको ६ गोलको योगदान थियो ।
मेसीले अन्तिम ३२ मा केपभर्डेविरुद्ध एक गोल गरे भने अन्तिम १६ मा इजिप्टविरुद्ध एक दर्शनीय गोल गरे । योसँगैं उनको यस विश्वकपमा गोलसंख्या ८ भएको थियो । यसपछि भने मेसीले गोलसंख्या बढाउन सकेनन् ।
क्वार्टरफाइनलमा स्वीट्जरल्यान्डलाई ३–१ ले हराउँदा उनीबाट गोलको योगदान भएन । तर, उनले सेमिफाइनलमा दुई असिस्ट गरेर इंग्ल्यान्डलाई २–१ ले हराउन संभव बनाएका थिए । फाइनलमा भने स्पेनको लोभलाग्दो खेलमा मेसीले कुनै जादु चलाउन सकेनन् ।
यस विश्वकपमा मेसीको उपलब्धिहरू
–दोस्रो सर्वश्रेष्ठ खेलाडी बन्दै सिल्भर बल (चाँदीको बल) पुरस्कार पाएको ।
–विश्वकप करिअरमा कूल ३४ खेल खेलेको कीर्तिमान स्थापित गरेको ।
–६ वटै विश्वकपमा गरी सर्वाधिक २३ खेलमा जित्ने खेलाडी बनेको ।
–सबैभन्दा बढी गोल (७ गोल) र असिस्ट (१०) गर्ने खेलाडी बनेको ।
–तीन पटक विश्वकप फाइनल खेल्ने दोस्रो खेलाडी बनेको । यसअघि ब्राजिलका काफुले ३ विश्वकप फाइनल खेलेका थिए ।











प्रतिक्रिया