काठमाडौँ।
बिहारको राजधानी पटनामा दिल्लीमा भइरहेको विद्यार्थी आन्दोलनको समर्थनमा बुधबार अखिल भारतीय विद्यार्थी संघ (AISA) को आह्वानमा प्रदर्शन गरिएको छ। आन्दोलनमा AISA सहित विभिन्न विद्यार्थी संगठनका विद्यार्थी सहभागी थिए।
प्रदर्शनकारीहरूले गान्धी मैदानबाट राजभवनतर्फ मार्च गर्न खोजेपछि प्रहरीले जेपी गोलम्बर नजिकै उनीहरूलाई रोकेको थियो। त्यसक्रममा भीड नियन्त्रणका लागि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको बताइएको छ।
बीबीसीका अनुसार प्रदर्शनका क्रममा केही प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा प्रहार गरेका थिए। प्रहरीको अवरोधपछि पनि विद्यार्थीहरू डाक बंगला चौराहेसम्म पुगेका थिए।
प्रदर्शनका क्रममा “गोदी मिडिया फिर्ता जानुहोस्” भन्ने नारासमेत लगाइएको थियो। घटनाका क्रममा केही सञ्चारकर्मी घाइते भएका छन् भने पछि उनीहरूलाई भीडबाट सुरक्षित रूपमा बाहिर निकालिएको थियो।











प्रतिक्रिया