काठमाडौं ।
चिकित्सा शिक्षा आयोगले निर्देशक पदका लागि १२ जना उम्मेदवारलाई सर्टलिस्टमा समावेश गर्दै छनोट प्रक्रिया अगाडि बढाएको छ।
आयोगले मापदण्ड तथा प्रत्ययन, योजना, समन्वय तथा प्राज्ञिक उन्नयन, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजका निर्देशक पदका लागि खुला प्रतिस्पर्धामार्फत नियुक्ति प्रक्रिया अघि बढाएको हो।
सर्टलिस्टमा परेका उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता साउन ८ गते शुक्रबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको बैठक कक्षमा हुने जनाएको छ।











प्रतिक्रिया