मुकुन र सलिनापछि रेयर राई कंगाल करोडपति


निर्माणाधीन फिल्म कंगाल करोडपतिमा अभिनेता रेयर राई अनुबन्धित भएका छन्। यसअघि फिल्मका लागि अभिनेता मुकुन भुषाल र सलिना तामाङलाई अनुबन्ध गरिसकेको निर्माण टिमले रेयर राईको प्रवेशस“गै कलाकार चयनलाई थप विस्तार गरेको छ।

राजु श्रेष्ठको निर्देशन रहने फिल्म सिनेमा पाठशाला प्रालिको ब्यानरमा अनिलकुमार बुढाथोकीको निर्माण र प्रवीण आचार्यको प्रस्तुतिमा निर्माण हुन लागेको हो। छिरिङ तामाङ, प्रवीण राई र प्रवेश सापकोटा सह–निर्माता तथा रीता श्रेष्ठ तामाङ र सुरज कुमार लाइन प्रोड्युसर रहने फिल्मको लेखन सुमन गजमेरले गरेका हुन्। निर्माण टिमका अनुसार हाल छाया“कनका लागि विभिन्न स्थानको लोकेशन रेकी भइरहेको छ।