५ कलाकर्मीलाई सम्मान गरिने


नेपाल पूर्व प्रहरी कलाकार संघले दोस्रो वार्षिकोत्सव तथा तेस्रो स्रष्टा सम्मान कार्यक्रमको अवसरमा कला, साहित्य, संगीत, नृत्य र अभिनय क्षेत्रमा योगदान पु¥याएका ५ व्यक्तित्वलाई सम्मान गर्ने भएको छ।

आगामी साउन १३ गते काठमाडौ“को प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा आयोजना हुने कार्यक्रममा संघले यस वर्ष राजपाल थापा नृत्य साधना सम्मान २०८३ नृत्यांगना विमल श्रेष्ठ क्षेत्रीलाई, गोपाल योञ्जन संगीत साधना सम्मान २०८३ गायक तथा संगीतकार डा. किरण प्रधानलाई, चेतन कार्की गीति वाङ्मय साधना सम्मान २०८३ साहित्यकार, गीतकार तथा नेपाली सेनाका पूर्वउपरथी राजेन्द्र थापालाई तथा हाडा एन्ड पाल हास्य वाङ्मय साधना सम्मान हास्य कलाकार तथा निर्देशक सन्तोष पन्तलाई प्रदान गर्ने भएको छ।

यसैगरी, नेपाल पूर्व प्रहरी कला साधना सम्मान २०८३ अभिनेता तथा पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक अर्जुनजंग शाहीलाई प्रदान गरिनेछ।
यी सम्मान ख्यातिप्राप्त अभिनेत्री तथा नृत्य कलाकार मिथिला शर्माले आप्mना अभिनय, गायन र नृत्यका गुरुहरूको स्मृतिमा स्थापना गरेकी हुन्। नेपाल पूर्व प्रहरी कलाकार संघकी सल्लाहकारसमेत रहेकी शर्माले गुरुहरूको योगदानलाई पुस्तौ“पुस्ता स्मरणीय बनाउने उद्देश्यले अघिल्लो वर्षदेखि सम्मानको सुरुआत गरिएको बताइन्।

उनका अनुसार सम्मानहरू गुरु दक्षिणास्वरूप चेतन कार्की, गोपाल योञ्जन, राजपाल थापा र ध्रुवरत्न हाडाको नाममा स्थापना गरिएको हो। विगतले केही नमागे पनि वर्षमा एक दिन गुरुहरूलाई सम्झने परम्पराले उनीहरूको योगदान र इतिहासलाई जीवित राख्ने विश्वास आफूले लिएको उनले बताइन्। शर्माले आमा, बुवा र गुरुको ऋण कहिल्यै तिर्न नसकिने उल्लेख गर्दै उनीहरूको नाममा केही गर्न पाउ“दा सधै“ आशीर्वाद प्राप्त भइरहेको अनुभूति हुने खुलाइन्।