भौतिक मन्त्रीको आदेशप्रति कालिकोटका नागरिकको आपत्ति

4.7k
Shares

कालिकोट। 

खाँडाचक्र नगरपालिकाको निर्माणाधिन बहुउद्देशिय प्रसाशनिक भवन निमार्ण कार्यमा रोक लगाउन आदेश दिने सङ्घीय सरकाका भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालको बोलिप्रति कालिकोटका नागरिकले चौतर्फी विरोध जनाएका छन् । सडक लगाएतका पूर्वाधारका कार्यको अनुगमनका लागि कालिकोट पुग्नु भएका मन्त्री लम्सालले खाँडाचक्र नगरपालिका भवन निमार्ण स्थलमा पुगेर निर्माण गर्न अप्ठ्यारो हुने भन्दा  केही आफ्ना कार्यकर्ताको भनाइमा लागेर निमार्ण कार्य रोक्न ठोडो आदेश गरेपछि कालिकोटका स्थानीयवासी आक्रोशित भएका हुन ।

नागरिकसमाजका अगुवा एवम स्थानीयवासी कर्णप्रसाद चौलागाँईले आफ्नो नगरपालिकाको आफ्नो फराकिलो जग्गामा निमार्ण हुन लागेको भवन निमार्णमा रोक लगाउनु भौतिक पूर्वाधार मन्त्रीको गलत कदम भएको वताउनु भएको छ । उहाँले करोडौको ठेक्का भइ निमार्ण कार्य तिव्र भएको विषयलाई रोक लगाउनु जनविरोधी कार्य भएको वताउनु भयो ।

आरयनसियस बिल्डर्स प्रालिद्धारा २५ करोड ५३ लाखको लागतमा निमार्ण हुन लागेको सात तले बहुउद्धेशिय प्रशासनिक भवन देशभरि एउटा लुम्बिनी प्रदेशमा छ भने कर्णाली प्रदेश अन्तर्गत कालिकोटको खाँडाचक्र नगरपािलकामा बन्न लागेको छ ।

यस विषयमा खाँडचक्र नगर प्रमुख कमल बहादुर शाहीले भन्नुभयो– “स्थानीय तहले आफ्नो आवश्यकता र प्राथमिकताका आधारमा निर्माण अघि बढाइरहेको भवनलाई एकतर्फी रूपमा रोक्ने निर्णयले स्थानीय सरकारको अधिकार र जनताको विकासको चाहनामाथि प्रश्न उठाएको छ । यदि भवन निर्माणमा कानुनी वा प्राविधिक समस्या छन् भने सम्बन्धित निकायसँग समन्वय गरेर समाधान खोज्न हामी  तयार छौँ । तर निर्माण नै रोक्नेभन्दा स्पष्ट मापदण्ड, प्राविधिक अध्ययन र आवश्यक समन्वयका आधारमा काम अघि बढाइनु पर्छ । राज्यको करोडौँ लगानी भइसकेको आयोजनालाई अलपत्र पार्नु जनताको हितमा हुँदैन ।” साथै उहाँले नगरपालिका भवन मापदण्ड अनुसार नै निर्माण भइरहेकोले रोक्नु पर्ने कुनै कारण नभएको वताउनु भयो ।

निर्माण भइरहेको विकासलाई रोक लगाउन ठोडो आदेश दिँदा नागरिकको अधिकार कटौती हुने स्थानीय बुद्धिजीवी लालु प्रसाद भट्टराइले धारणा राख्नु भयो ।