काठमाडौं।
नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्ला शाखाको १३ औं वार्षिक साधारण सभा र पाँचौ अधिवेशनले रत्न महर्जनको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
शाखाको सचिव समेत भइसकेका मेरो साप्ताहिकका सम्पादकसमेत रहेका महर्जन अहिले तीन वर्षका लागि अध्यक्ष भएका हुन् । कार्यसमितिमा उपाध्यक्ष विरेन्द्र शाक्य, महिला उपाध्यक्ष विमला मानन्धर, सचिवमा राजेन्द्र मानन्धर, सहसचिवमा सुविन्द्र श्रेष्ठ, महिला सहसचिवमा तुलसी केशरी प्रजापति तथा कोषाध्यक्षमा प्रशान्त डंगोल रहनुभएको छ । त्यसैगरी सदस्यहरू कृष्णमान श्रेष्ठ, रश्मी नापित, सलिना शाक्य, रविन्द्र बज्राचार्य, नहकुल महर्जन, अस्मिता श्रेष्ठ, सागर राजलवत र किचः सिंह चयन हुनुहुन्छ ।

अधिवेशनले केन्द्रीय सभासदमा गंगादेवी महर्जन, प्रेमकुमार श्रेष्ठ, सुगतरत्न सिन्दुराकार, प्रवीणकुमार महर्जन, मनोज श्रेष्ठ ‘सार्थक’, जुजुमान महर्जन, दिलिप शाही, सुगम ताम्राकार र राजेन्द्रकुमार महर्जन ‘पुता’लाई चयन गरेको छ ।त्यसैगरी, बागमती प्रदेश सभासदमा विराजकाजी राजोपाध्याय, रविन महर्जन, सुरज मानन्धर, उमेश मानन्धर, मदनराम कर्माचार्य र कुसुम बज्राचार्य रहनुभएको छ । अधिवेशनले कीर्तिपुर र टोखा नगर शाखा पनि गठन गरेको छ । त्यसैगरी, कीर्तिपुर नगर उपशाखाको संयोजकमा प्रताप महर्जन, सचिवमा ललेन्द्र शाक्य तथा तीन सदस्यीय उपशाखा समिति पनि गठन गरिएको छ । टोखा नगर उपशाखाको संयोजकमा सानुराज डंगोल, सचिवमा नविना श्रेष्ठ तथा सदस्यमा हिक्मत डंगोल चयन हुनुभएको छ । त्यसैगरी, कीर्तिपुर नगर उपशाखाको संयोजकमा प्रताप महर्जन, सचिवमा ललेन्द्र शाक्य तथा तीन सदस्यीय उपशाखा समिति पनि गठन गरिएको छ ।

यस अघि अधिवेशनको नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । सभामा वरिष्ठ उपाध्यक्ष सुनील महर्जन, उपाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ, महासचिव के के मानन्धर र सचिव राजु नापितले पत्रकारिताको विकासको लागि संस्थागत अभ्यासलाई बलियो बनाउनुपर्नेमा केन्द्रीत गर्दे आआफ्नो धारणा राख्नुभएको थियो।











प्रतिक्रिया