काठमाडौं ।
देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज दिनभर र राति अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार देशका पहाडी तथा तराईका धेरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्छ।
भारी वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढ्ने भएकाले विशेष गरी उच्च जोखिम रहेका क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।











प्रतिक्रिया