काठमाडौं ।
एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकहरूले अब काठमाडौंस्थित रोयल टुलिप होटलका विभिन्न सेवामा १५ प्रतिशत छुट सुविधा पाउने भएका छन्।
बैंक र रोयल टुलिप काठमाडौंबीच ग्राहकलाई विशेष छुट सुविधा उपलब्ध गराउने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको हो। समझदारी पत्रमा एनआईसी एशिया बैंकका तर्फबाट ट्रान्जेक्सन बैंकिङ प्रमुख नरेन्द्र मैनाली र रोयल टुलिप काठमाडौंका तर्फबाट सेल्स एण्ड मार्केटिङ निर्देशक कमल क्षेत्रीले हस्ताक्षर गरेका छन्।
समझदारीअनुसार एनआईसी एशिया बैंकका ग्राहकहरूले रोयल टुलिप काठमाडौंमा उपलब्ध खाद्य तथा पेय पदार्थ सेवाहरू प्रयोग गर्दा १५ प्रतिशत छुट प्राप्त गर्नेछन्।
उक्त छुट सुविधा लिन ग्राहकहरूले बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गर्न सक्नेछन्। साथै, नगद भुक्तानीमार्फत पनि ग्राहकहरूले यो सुविधा उपयोग गर्न सक्ने बैंकले जनाएको छ।
एन आई सी एशिया बैंकले रोयल टुलिप काठमाडौंसँगको सहकार्यले ग्राहकलाई थप सुविधा प्रदान गर्नुका साथै डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन र नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरेको छ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी जयन्द्र रावलले उक्त सहकार्यले ग्राहक अनुभवलाई थप सहज र सुविधाजनक बनाउने बताए।











प्रतिक्रिया