दोलखा।
दोलखाको विगु गाउँपालिका स्थित उत्तरी बजार सिंगटीमा व्यक्तिको घरको कम्पाउडको जालिमा फसेको मृगलाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले उद्धार गरेको छ ।
बुधवार बिहान ८ः४० बजे नजिकको जंगल क्षेत्रबाट आएर सिंगटी बजारमा रहेको हेलिप्याड नजिक व्यक्तिको घरको कम्पाउडको जालिमा फसेको मृगलाई सशस्त्र प्रहरी नायव निरीक्षक शेखर कार्कीको कमाण्डको टोलीले उद्धार गरेको स्थानीयले बताए ।
त्यसरी नियन्त्रणमा लिईएको मृगलाई गौरीशङ्कर संरक्षण क्षेत्र, स्थानीय, जनपथ प्रहरी र सशस्त्र प्रहरी बलको समेत रोहबरमा जङ्गल क्षेत्रमा लगेर छोडिएको सशस्त्र प्रहरी नायव निरीक्षक शेखर कार्कीले बताए । घर कम्पाउण्डको तार जालिमा फसको भएपनि मृग स्वस्थ रहेको कार्कीले बताए ।
गौरीशङ्कर संरक्षण क्षेत्रको अभियान र सामुदायिक बनको अवधारणाका कारण दोलखाको उत्तरी क्षेत्र सिंगटी आसपास मृग, घोरल, झारल, कालीज जस्ता वन्यजन्तुको संख्यामा उल्लेख्य वृद्धि भएको र बेला– बेलामा बजार क्षेत्रमै आईपुग्ने स्थानीय बताउँछन् ।











प्रतिक्रिया