फ्रान्सेली टोलीको मध्यपङ्क्ति र विङ्समा जादुमय प्रदर्शन गर्दै ओलिसे यो विश्वकपको वास्तविक ‘ब्रेकआउट स्टार’ र मुख्य प्लेमेकरका रूपमा उदाएका छन् । बायर्न म्युनिखका यी मिडफिल्ड म्यास्ट्रोले आफ्नो सटिक पास र अद्भुत भिजनको दममा फ्रान्सको आक्रामक त्रिमूर्तिको सञ्चालन गरिरहेका छन् । लन्डनमा जन्मिएर पनि फ्रान्सेली विरासतलाई आत्मसाथ गर्दै ‘ले ब्लुज’ का लागि खेल्ने निर्णय गरेका ओलिसेले पेरिस ओलम्पिकपछि आफ्नो प्रतिभाको जुन छाप छाडेका छन्, त्यसले आज उनलाई फ्रेन्च महान् खेलाडीहरूसँग तुलना गर्न बाध्य बनाएको छ । थिएरी हेनरीले त उनलाई उनको लामो दूरीको सटिक पासका कारण फ्रान्सेली फुटबलको ‘टम ब्रेडी’ को उपमा दिँदै उनको क्षमताको खुलेर प्रशंसा गरेका छन् ।
जारी विश्वकपको सेमिफाइनलसम्मको यात्रामा उनले ६ खेलमा ५ असिस्ट प्रदान गर्दै पेलेको एकै विश्वकपमा सर्वाधिक ६ असिस्टको कीर्तिमानलाई तोड्ने संघारमा उभिएका छन् । सेनेगलविरुद्धको खेल होस् वा इराक र स्विडेनविरुद्धको उनको २–२ असिस्टको जादु, ओलिसेले केलियन एम्बाप्पेको पछाडि उभिएर एउटा भरपर्दो सिर्जनात्मक आधार तयार पारेका छन् । ८७ प्रतिशतको पासिङ एक्युरेसी र १४ वटा गोल–स्कोरिङ अवसरहरू सिर्जना गर्दै उनी अहिले प्रतियोगिताकै सबैभन्दा प्रभावशाली आक्रमणकारी खेलाडी साबित भएका छन् । डल्लास स्टेडियममा हुने बहुप्रतिक्षित सेमिफाइनलमा स्पेनको बलियो रक्षापङ्क्तिलाई छिन्नभिन्न पार्दै एम्बाप्पे र डेम्बेलेलाई गोलको अवसर सिर्जना गर्न ओलिसेको इन्सिभ थ्रु–बल नै फ्रान्सका लागि जितको साँचो हुनेछ ।











प्रतिक्रिया