देभको इन्जिनियरिङमा घरको नक्सा डिजाइन गराउँदा ३३ प्रतिशत छुट


काठमाडौं।

आवासीय घरको नक्सा डिजाइनदेखि राष्ट्रिय भवन संहिताले तोकेबमोजिमको संरचना निर्माण र फिनिसिङसम्मको सम्पूर्ण काम सकेर धरधनीलाई साँचो हस्तान्तरण गर्दै आएको देभको इन्जिनियरिङ एन्ड बिल्डर्स प्रा.लि.ले घरको नक्सा डिजाइनमा ३३ प्रतिशत छुट दिने घोषणा गरेको छ ।

इन्जिनियरिङ क्षेत्रका विज्ञहरू घर निर्माण गर्नुअघि सही योजना, प्राविधिक डिजाइन र संरचनात्मक विश्लेषणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिन्छन् । यही आवश्यकतालाई ध्यानमा राखेर देभको इन्जिनियरिङ एन्ड बिल्डर्स प्रा.लि.ले घर निर्माणको तयारीमा रहेका व्यक्तिहरुका लागि नक्सा डिजाइन तथा सम्बन्धित इन्जिनियरिङ सेवामा ३३ प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार घर निर्माणको प्रारिम्भक चरणमै जग्गाको अवस्था, भवनको आवश्यकता, उपलब्ध क्षेत्रफल, परिवारको जीवनशैली, बजेट तथा संरचनात्मक सुरक्षालाई ध्यानमा राखेर डिजाइन तयार गर्नुपर्छ । यसका लागि देभको इन्जिनियरिङले घर बनाउने जग्गाको वास्तु विश्लेषण, आर्किटेक्चर ड्रइङ, स्ट्रक्चरल ड्रइङ तथा थ्री–डी भिजुअलाइजेसन लगायत सेवा एकीकृत रूपमा उपलब्ध गराउने जनाएको छ ।

घर निर्माणमा सबैभन्दा पहिले जग्गाको अवस्था र उपलब्ध स्थानको उचित अध्ययन गर्नुपर्छ । त्यसपछि ग्राहकको आवश्यकता र भवनको उपयोगिताअनुसार प्रारिम्भक योजना तयार गर्नुपर्छ । देभको इन्जिनियरिङले यही प्रक्रियालाई व्यवस्थित गर्दै ग्राहकको आवश्यकताअनुसार वास्तु तथा डिजाइनसम्बन्धी परामर्श उपलब्ध गराउने जनाएको छ ।

वास्तु विश्लेषण र आर्किटेक्चर ड्रइङ

घर निर्माणका क्रममा भवनको डिजाइन महत्वपूर्ण चरण हो । कम्पनीका अनुसार जग्गाको आकार, सडकको पहुँच, भवनको दिशा, खुला स्थान, प्रकाश तथा हावाको व्यवस्थापनलगायत पक्षलाई ध्यानमा राखेर डिजाइनसम्बन्धी परामर्श प्रदान गर्नेछ ।

त्यसपछि घरको आवश्यकता र ग्राहकको प्राथमिकताअनुसार आर्किटेक्चर ड्रइङ तयार गर्ने कम्पनीले जनाएको छ । फ्लोर प्लान, इलेभेसन, स्पेस प्लानिङ लगायत वास्तुकला तथा डिजाइन पक्षलाई समेटेर आधुनिक र व्यावहारिक घरको अवधारणा विकास गर्ने लक्ष्य कम्पनीको छ ।

स्ट्रक्चरल ड्रइङ र स्ट्रक्चरल एनालाइसिस

भवनको डिजाइन आकर्षक हुनुका साथै संरचनात्मक रूपमा सुरक्षित पनि हुनुपर्छ । यसका लागि कम्पनीले स्ट्रक्चरल ड्रइङ तथा स्ट्रक्चरल एनालाइसिस सेवासमेत उपलब्ध गराउनेछ । भवनको संरचना तयार गर्दा त्यसको प्रकार, तल्ला संख्या, भार, प्रयोग हुने संरचनात्मक प्रणाली तथा सम्बन्धित प्राविधिक मापदण्डलाई ध्यानमा राखेर आवश्यक इन्जिनियरिङ डिजाइन तयार गर्ने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार स्ट्रक्चरल एनालाइसिसले प्रस्तावित भवनको संरचनात्मक व्यवहार तथा आवश्यकताबारे प्राविधिक अध्ययन गर्न सहयोग गर्छ । स्ट्रक्चरल ड्रइङले निर्माणका क्रममा आवश्यक संरचनात्मक विवरणलाई व्यवस्थित रूपमा प्रस्तुत गर्छ ।

निर्माणअघि नै घरको थ्री–डी स्वरूप हेर्न सकिने

घर निर्माणको योजना बनाउने क्रममा ग्राहकले आफ्नो भावी घर कस्तो देखिन्छ भन्ने बुझ्न थ्री–डी चित्रण उपयोगी हुन्छ । थ्री–डी भिजुअलाइजेसनले घर तयार भएपछि देखिने बाहिरी स्वरूप र डिजाइनलाई निर्माण सुरु हुनुअघि देखाइदिन्छ । यसले ग्राहकलाई डिजाइन परिर्वतन वा सुधारबारे निर्णय लिन सजिलो बनाउँछ ।

नक्सा डिजाइनमा ३३ प्रतिशत छुट

कम्पनीले घर निर्माण गर्न लागेका ग्राहकलाई लक्ष्य गरी नक्सा डिजाइनसम्बन्धी सेवामा ३३ प्रतिशत छुट घोषणा गरेको हो । कम्पनीका अनुसार यसअन्तर्गत वास्तु विश्लेषण, आर्किटेक्चर ड्रइङ, स्ट्रक्चरल ड्रइङ, स्ट्रक्चरल एनालाइसिस, थ्री–डी एनालाइसिस लगायत डिजाइनसम्बन्धी सेवामार्फत ग्राहकलाई एकीकृत डिजाइन समाधान उपलब्ध गराउने उद्देश्य राखिएको छ । कम्पनीले ग्राहकलाई घर निर्माणअघि आवश्यक प्राविधिक परामर्श लिएर योजना अघि बढाउन आग्रह समेत गरेको छ ।

ग्राहकले कम्पनीबाट आफ्नो जग्गाको अवस्था, घरको आवश्यकता र बजेटअनुसार डिजाइनसम्बन्धी परामर्श लिन सक्नेछन् । कम्पनीले आधुनिक डिजाइन, प्राविधिक दक्षता र ग्राहकको आवश्यकतालाई प्राथमिकतामा राख्दै घर निर्माणसम्बन्धी डिजाइन सेवामा आफ्नो पहुँच विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ ।
देभको इन्जिनियरिङले आवासीय घर÷भवनको डिजाइन र नक्सा तयारी, राष्ट्रिय भवन संहिताले तोकेको मापदण्ड बमोजिमको गुणस्तरीय घर निर्माण र त्यसको फिनिसिङ समेत सम्पन्न गरेर सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गर्दै आएको छ । कम्पनीले सुरुदेखि अन्त्यसम्म दक्ष र व्यावसायिक इन्जिनियर एवं प्राविधिकको प्रत्यक्ष रेखदेखमा भवन निर्माण गर्छ । कम्पनीका दक्ष र अनुभवी इन्जिनियरले निर्माणस्थलको अवस्थालाई ध्यानमा राखेर डिजाइन गर्ने हुँदा घर निर्माणको लागत समेत तुलनात्मक रुपमा निकै कम पर्न जान्छ ।