‘गोल्डेन बुट’ को रोमाञ्चक दौड


वासिंटन, (एजेन्सी) ।

फिफा विश्वकप २०२६ को मैदानमा अहिले गोलको वर्षा भइरहेको छ र विश्वभरका फुटबल प्रेमीहरूको नजर ‘गोल्डेन बुट’ को प्रतिष्ठित उपाधिमा केन्द्रित छ । यस पटकको संस्करण निकै रोमाञ्चक मोडमा आइपुगेको छ । जहाँ अर्जेन्टिनाका कप्तान लियोनल मेसी पुनः एकपटक आफ्नो जादुयी लय पक्रँदै सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा विराजमान भएका छन् ।

राउन्ड अफ १६ को इजिप्टविरुद्धको खेलमा अर्जेन्टिना २–० ले पछि परेको कठिन परिस्थितिमा मेसीले एक उत्कृष्ट गोल गर्दै टोलीलाई पुनरागमन गराएका थिए । उनको यस गोलसँगै जारी विश्वकपमा मेसीको गोल संख्या ८ पुगेको छ, जसले उनलाई गोल्डेन बुटको दौडमा अग्रता दिलाएको छ । मेसीको यो अग्रतालाई चुनौती दिन फ्रान्सका तीव्र गतिको खेलाडी किलियन एम्बाप्पे कम्मर कसेर लागिपरेका छन् ।

एम्बाप्पेले मोरोक्कोविरुद्धको खेलमा आफ्नो आठौं गोल पूरा गरेका थिए भने इंग्ल्यान्डका कप्तान ह्यारी केन, स्पेनका मिकेल ओयार्जाबाल र फ्रान्सका ओस्मान डेम्बेले पनि यी दुवैजनालाई पछ्याइरहेका छन् ।
क्वार्टरफाइनलको संघारमा पुग्दै गर्दा, शीर्ष स्थानमा रहेका मेसी र एम्बाप्पेबीचको प्रतिस्पर्धालाई झनै उत्तेजक बनाएको छ । गोल्डेन बुट केवल

गोलको संख्यामा मात्र सीमित छैन, यदि गोल संख्या बराबर भएमा सर्वाधिक असिस्ट गर्ने खेलाडीले उपाधि पाउनेछन् र यदि असिस्ट पनि बराबर भएमा कम समय मैदानमा बिताउने खेलाडीले बाजी मार्नेछन् । त्यसैले, हरेक मिनेट र हरेक पास निर्णायक हुनेछ । आगामी खेलहरूमा यी महानायकहरूले प्रदर्शन गर्ने खेलले नै विश्व फुटबलको यो व्यक्तिगत गौरवको ताज कसले पहिरिनेछ भन्ने स्पष्ट पार्नेछ । अहिलेको अवस्थामा मेसी र एमबाप्पे अग्रपंक्तिमा रहेकाले गोल्डेन बुटको लडाइँलाई अन्तिम क्षणसम्मै अनिश्चित र रोमाञ्चक बनाएको छ ।

हाल जारी विश्वकपका सर्वाधिक गोलकर्ता ः
मेसी भर्सेस एम्बाप्पे
८ गोल किलियन एम्बाप्पे (फ्रान्स)
गोल गरेको विपक्षी टोली
समूह चरण– सेनेगल (२), इराक (२), नर्वे (०)
अन्तिम ३२– स्विडेन (२)
अन्तिम १६–पाराग्वे (१)
क्वार्टरफाइनल– मोरोक्को (१)
विश्वकपमा कुल गोलः २०
विश्वकप उपाधि ः १ (२०१८ रसिया) (क्रोएसियालाई हराएको)

उपविजेता ः १ (२०२२ कतार) ( अर्जेन्टिनासँग हारेको)

८ लियोनेल मेसी (अर्जेन्टिना)
गोल गरेको विपक्षी टोली
समूह चरण– अल्जेरिया (३), अस्ट्रिया (२), जोर्डन (१)
अन्तिम ३२– केप भर्डे (१)
अन्तिम १६– इजिप्ट (१)
क्वार्टरफाइनल– स्विट्जरल्यान्ड (०)
विश्वकप करिअरमा कुल गोलः २१
विश्वकप उपाधि ः १ (२०२२ कतार) फ्रान्सलाई हराएको
उपविजेता ः १ (२०१४ ब्राजिल) जर्मनीसँग १–० ले पराजित